आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-८ गते   २२० पटक हेरिएको

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् । कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार गरे उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् । 

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यबाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे । नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जादैछिन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech