इश्वरपुर ७ को न्यू वैदेही खाद्य उद्योगका सञ्चालक साह पक्राउ

गणेश खड्का    प्रकाशित: २०८०-५-१४ गते   ७१८ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ७ स्थित बयलवासमा रहेको एक खाद्य उद्योगका सञ्चालक पक्राउ परेका छन् ।इश्वरपुर नगरपालिका ७ स्थित बयलवासमा रहेको न्यू वैदेही खाद्य उद्योगका सञ्चालक झवेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार साहले भारतबाट भन्सार छली चोरी पैठारी गरि भारतिय चामल ल्याएर विक्रि वितरण गर्ने गरेका साथै भारतिय ब्राण्डका चामलका बोराहरु सहित पक्राउ गरिएको हो ।
साहले न्यू वैदेही खाद्य उद्योगमा भारतिय ब्राण्डका चामलहरु तथा भारतिय ब्राण्डका चामलका बोरामा नेपाली चामल भरेर विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले एक सय ४६ बोरा भारतिय चामल र दुई सय ५१ वटा भारतिय ब्राण्डको चामलका खाली बोरा सहित साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।
साहलाई झुक्यानमा पारी खाद्य पदार्थ बिक्रि वितरण गर्ने गरेको  आरोपमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भारतिय ब्राण्डको चामल आयातमा नेपाल सरकारले रोक लगाएको भएपनि लुकाई छिपाई भन्सार छली चोरी पैठारी गरि भारतिय चामल र भारतिय ब्राण्डका चामलका बोरा ल्याएर नेपाली चामल भरी भारतिय चामल भनि विक्रि वितरण गर्ने गरेको सूचनाको आधारमा साहलाई पक्राउ गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech