हरिवन नगर अस्पताललाई अत्याधुनिक प्रयोगशाला उपकरण प्राप्त

240 Shares

सर्लाहीको हरिवन नगर अस्पताललाई अत्याधुनिक प्रयोगशाला उपकरण प्राप्त भएको छ ।हरिवन नगरपालिका ४ सासापुर स्थित रहेको हरिवन नगर अस्पताललाई लायन्स क्लब अफ काठमाडौं अल्काले अत्याधुनिक प्रयोगशाला उपकरण प्रदान गरेको हरिवन नगर अस्पतालका प्रमुख मोहन घिसिङले जानकारी दिए ।उनका अनुसार हरिवन नगर अस्पतालमा एक कार्यक्रमको आयोजना गरि अस्पताललाई फुल एनालाईजर,हेमाटोलोजि एनालाईजर लगायत तीन प्रकारका आधुनिक प्रयोगशाला उपकरण प्राप्त भएको हो ।
यी उपकरण सञ्चालनमा आएपछि अस्पतालमा रगत तथा अन्य प्रयोगशाला परीक्षण सेवा थप गुणस्तरीय,छिटो र भरपर्दो हुने अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए ।स्थानीय नागरिकले आफ्नै गाउँ ठाउँमा समयमै आधुनिक प्रयोगशाला सेवा पाउने र बाहिरी अस्पतालमा जानुपर्ने बाध्यता समेत कम हुने विश्वास गरिएको नगर प्रमुख बुढाथोकीले बताए ।
आगामी दिनमा पनि हरिवन नगर अस्पतालसँग स्वास्थ्य सेवा सुदृढीकरणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल व्यवस्थापनले हस्तान्तरण प्रक्रियामा पु¥याएको सहयोग प्रति आभार व्यक्त गर्दै उपकरण हस्तान्तरण पछि उपकरणहरूको उचित जडान,सञ्चालन,नियमित मर्मत सम्भार तथा अधिकतम सदुपयोग सुनिश्चित गर्न अस्पताल प्रशासनलाई लायन्स क्लब अफ काठमाडौं अल्काका पूर्वअध्यक्ष नबराज थापाले आग्रह गरेका छन्।

सम्बन्धित समाचार