हरिवन नगरपालिकाको अनियमितता विरुद्धमा पाँच राजनीतिक दलद्धारा ज्ञापन पनपेश

3.1k Shares

सर्लाहीको हरिवन नगरपालिकमा भएको अनियमितताका विरुद्धमा पाँच राजनीतिक दलले नगरको गतिविधिहरुमा पारदर्शीता कायम गर्न माग गरेका छन् । राजनीतिक प्रतिशोध राखेर नगरपालिकाले काम गरेको, कुनै राजनीतिक दललाई पक्ष पोषण गर्न नगरपालिकाले भोजभतेर गरेको, अपारदर्शी योजना बाँडेर राजनीतिक लाभ लिन खोज भन्दै ती राजनितीक दलहरुको आरोप छ ।
नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र),नेकपा (एकिकृत समाजवादी),जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरुले हस्ताक्षर गरेर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  खरुदेव चुडाललाई ज्ञापन पत्र बुझाएका छन् ।


त्यसैगरी नगरपालिकाले सार्वजनिक सुनवाइ नगरेकोमा पनि ज्ञापनपत्रमा आपत्ति जनाइएको छ । नगरका विभिन्न योजनामा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसनधान आयोगले छानविन गरिरहेकोले ती योजनाका विवरण सार्वजनिक गर्न माग गरिएको नेकपा(माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
स्थानीय निकायको निर्वाचन अब छिटै हुने भएकाले ठूला योजना र त्यसबारे निर्णय लिनुभन्दा पहिला नगरपालिकाले स्थानीय सबै राजनैतिक दलसँग परामर्श गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ । 
ज्ञापनपत्रमा कांग्रेसका निरज कार्की, नेकपामाओवादी केन्द्र)का अर्जुन पन्त, नेकपा (एकिकृत समाजवादी)का चूडामणि वाग्ले, जनता समाजवादी पार्टीका शिवशंकर महतो र राष्ट्रिय जनमोर्चाका श्रवण लोप्चनले हस्ताक्षर गरेका छन् । 

सम्बन्धित समाचार