सर्लाही १ मा नेकपाका साहको जित्ने सम्भावना प्रवल

553 Shares

सर्लाहीको क्षेत्र नं.१ मा रहेका ४९ वटा वडा मध्य स्थानीय निर्वाचन २०७९ मा १४ वटा वडा तत्कालीन नेकपा(माओवादी केन्द्र)सहित हाल बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले जितेको छ।चन्द्रनगर गाउँपालिकाका तीन वटा वडा,इश्वरपुर नगरपालिकामा एउटा वडा,लालबन्दी नगरपालिकामा छ वटा वडा,कविलासी नगरपालिकामा एउटा वडाका साथै हरिपुर नगरपालिकामा तीन वटा वडा गरी १४ वटा वडा हालको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले जितेको छ ।
भने धेरै वडाहरुमा झिनो मतान्तरले पराजित भएको थियो ।एक जना गाउँपालिका उपाअध्यक्ष सहित बलियो जनाधार रहेको सर्लाही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेद्वार प्रमोद साहको विजयी सुनिश्चित देखिन्छ ।यही क्षेत्रका निवर्तमान प्रतिनिधि सभा समेत रहेका साहलाई जनता सामाजवादी पार्टी(जसपा)नेपालका साथै नेकपा(एमाले) र नेपाली कांग्रेसबाट समेत राम्रो मत आउने स्थानीय जानकारहरु बताउँछन् ।
अन्य नेताहरू निर्वाचित भएपछि जनताको घर आगनमा नफर्किएको व्यापक गुनासो आए पनि साह प्रतिनिधि सभा सदस्य हुँदा तथा अन्य समयमा पनि जनताको दुःख थाहा पाउन साथ र शुखमा सम्झिना साथ पुग्ने गरेका कारण पनि जनताको माया पाएका छन् ।
साह अहिले निर्वाचनको प्रचार प्रसारको क्रममा जनताको घरदैलोमा जाँदा जनता निक्कै हर्षित भएर स्वागत गरेका छन्।अघिल्लो संसदको कार्यकालमा सबै दललाई समेटेर विकास निर्माणको काम गरेको कारण आफ्नो दल मात्र नभएर अन्य दलका समर्थकले पनि साहलाई मन पराएका छन् र यस निर्वाचनमा पनि सघाउने देखिन्छ।साहले अघिल्लो संसदको कार्यकालमा करिब दुई हजार पाँच सय जनता आवास,करिब एक हजार दुई सय सुरक्षित नागरिक आवास,७२ वटा सामुदायिक भवन,३६ वटा विद्यालय भवन,चार वटा मुख्य सडकका साथै पाँच वटा सहायक सडक कालो पत्रे,मन्दीर,गुम्वा लगायत धार्मीक स्थानहरु,कृषियोग्य जग्गा व्यवस्थापनका लागि नदी नियन्त्रण,डिप बोर्डिङ र सानो ट्युबेलका साथै स्वास्थ्य र विद्युतका क्षेत्रमा धेरै काम गरेका कारण पनि नेकपाका उम्मेदवार साहले जित्ने निश्चित रहेको स्थानीय बताउँछन्।उनीहरुका अनुसार नेकपा(एमाले)मा मतान्तर र नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठसंग जनता रिसाएका कारण पनि साहले जित्ने निश्चित छ ।

सम्बन्धित समाचार