सर्लाहीको बागमती युवा क्लब ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको फाईनलमा

1.2k Shares

सर्लाहीको बागमतीमा रहेको बागमती युवा क्लब शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तर्गत समूह २ को फाईनलमा प्रवेश गरेको छ । बागतमीमा रहेका  बागमती युवा क्लब शहिद स्मारक‘सी’डिभिजन लिग छनौट प्रतियोगिता अन्तर्गत समूह २ को फाईनलमा प्रवेश गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा आईतबार भएको समूह २ को अन्तिम चारको पहिलो खेलमा नुवाकोट युनाइटेड एफसीलाई ३–० गोल अन्तरको पराजित गर्दै जित निकाल्दै बागमती युवा क्लबले फाईनलमा स्थान पक्का गरेको बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाका खेलकुद संयोजक सागर मैनालीले जानकारी दिए । उनका अनुसार बागमतीका बिनोद घिसिङ्ग,विजय घलान र अनिल रानामगरले एक÷एक गोल गर्दै नुवाकोट युनाइटेड एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३२ औं मिनेटमा बिनोदले गोल गर्दै बागमतीको गोलको खाता खोलेका थिए । ३५औं मिनेटमा विजयले गोल गर्दै पहिलो हाफमा बागमतीको अग्रतालाई दोब्बर बनाएका क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । उनका अनुसार खेलको निर्धारित समयपछिको इन्ज्युरी समयमा अनिलले गोल गर्दै बागमतीलाई ३–० गोल अन्तरको जित दिलाएका हुन ।
अब बागमती युवा क्लबले समूह २ को फाइनलमा काभ्रे बोर्डर युवा समूह र २८ बिगाहा युवा क्लब बिचको खेलको विजेतासँग खेल्ने आयोजकले जनाएको छ । फाईनलको विजेता समूह २ बाट ‘सी’ डिभिजन लिगमा बढुवा हुने छ ।

सम्बन्धित समाचार