सर्लाही ३ लाई देशकै नमुना क्षेत्र बनाउँछु ः गठबन्धनका साझा उम्मेदवार साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२७ गते   १०३६ पटक हेरिएको

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ का साझा उम्मेदवार नरेन्द्र साहले आफू नेकपा(माओवादी केन्द्र)मा नवप्रवेशी नभएको बताएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएपछि केहीले नवप्रवेशी भनिएकोमा उनले आपती जनाएका हुन । समाजसेवी तथा सर्लाहीमा लोकप्रिय नेताको छवि बनाएका पूर्वसांसद साह २०७४ को चुनावमा गुलाब छापाबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
‘म २०५३ सालदेखि नै माओवादी केन्द्रमा समर्पित भएर लागेको हुँ ।’ कमलामाई मिडिया प्रा.लिसंग कुरा गर्दै नेता साहले,‘कसैले मलाई भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेको हो भन्नु भएको छ । तर, मेरो राजनीतिक इतिहास लामो छ । म २०५३ साल देखि नैमाओवादीमा थिएँ ।’ भन्दै उनले टिप्पणी गरे ।
यता,साहले आउने मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा आफूले जितेर गएपछि सर्लाही क्षेत्र नम्बर ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।  उनले सर्लाहीबाट धेरै नेता जन्मिए पनि यहाँ विकास नभएको टिप्पणी गरे ।
‘पहिले हामी घुम्न काठमाडौं,पोखरा जान्थ्यौं,अब हामी अन्य ठाउँबाट सर्लाही घुम्न आउँने बनाउँछौं ।’ साहले भने, उनले बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवारहरुलाई भारी मतले जिताए सर्लाही ३ को समृद्धि र विकासको नयाँ योजना सहित कायापलट गर्ने प्रतिवद्धता जनाए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech