मालपोत र यातायात कार्यालयबाट नौ जना बिचौलिया पक्राउ

217 Shares

सर्लाहीको मलंगवा स्थित रहेको भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले नौ जना विचौलियालाई पक्राउ गरेको छ।सरकारी कार्यालयहरूमा बिचौलियाको गतिविधि बढेको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले विशेष टोली बनाएर विचौलियाहरुलाई नियन्त्रणमा लिन सुरु गरेको हो ।

कार्यालयका अनुसार मालपोत कार्यालय मलंगवाबाट सात जना मालपोत कार्यालय मलंगवाबाट हरिपुर्वा नगरपालिका ६ का अन्दाजी ४० वर्षीय प्रमोद कुमार यादव,मलंगवा नगरपालिका १ भेडियाहीका अन्दाजी ५८ वर्षीय नन्दकिशोर यादब,ब्रम्हपुरी गाउँपालिका ७ का अन्दाजी ४५ वर्षीय नागेन्द्र यादव,चन्द्रनगर गाउँपालिका १ का अन्दाजी ४५ वर्षीय राम विनय राय,कबिलासी नगरपालिका १ का अन्दाजी ३२ वर्षीय रन्जन कुमार ठाकुर,चक्रघट्टा गाउँपालिका २ का अन्दाजी ४० वर्षीय प्रमोद साह,ईश्वरपुर नगरपालिका ५ का अन्दाजी ४१ वर्षीय योगेन्द्र महतो रहेका छन् ।

त्यस्तै,यातायात कार्यालयबाट मलंगवाकाे ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका ६,खुटौनाका अन्दाजी २७ वर्षीय जय प्रकाश साह र साेही ठाउँका अन्दाजी २० वर्षीय रवि साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सरकारले सरकारी कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेश र बिचौलियाको काममा रोक लगाउने निर्णय गरेसंगै सर्लाही प्रहरीले सक्रियता देखाएको छ।

सोही निर्णयको बर्खिलाप हुने गरी कार्यालयभित्र प्रवेश गरी सेवाग्राहीलाई अनावश्यक सास्ती दिने र सहजीकरणको बहानामा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सहित ईलाका प्रशासन कार्यालयहरु,मालपोत कार्यालयहरु,यातायात कार्यालयका साथै धरेलु तथा साना उद्योग कार्यालयमा सेवाग्राहीहरुको धेरै भीड हुने भएकाले सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा कडाइ गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाका सबै सरकारी कार्यालयहरुमा विचौलिया निषेध गर्ने साथै सुशासन कायम गर्न गराउन जिल्लाका सुरक्षा अधिकारीहरुका साथै कार्यालय प्रमुखहरुको बैठक नै बोलाएर प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले कडा निर्देशन दिएका थिए ।सेवाग्राहीलाई आफैँ उपस्थित भएर काम गर्न र कसैको प्रलोभनमा नपर्न समेत सर्लाही प्रशासनले आग्रह गरेको छ।

आईतबार पक्राउ परेका छन् ।सबै नौ जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार