सर्लाहीको गोरखकाली प्रहरी चौकीमा प्रमुख एवम सई हरेन्द्र साह जिल्ला तानिएका छन् ।करिब अढाई महिना पहिला प्रहरी चौकी गोरखकालीको प्रमुख भएर गएका सई साहले चर्काे असुली मच्याई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख सहित प्रमुख जिल्ला अधिकारी समेतको नाम बद्नाम गरी चर्काे कमिसन असुली मच्याएपछि उनलाई अवधि नपुग्दै जिल्ला प्रहरी कार्यालय तानेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा लुकाई छिपाई ओसार पसार हुने सामानहरुको कमिसन असुलेर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का,प्रहरी नायव उपरिक्षक सरोज राई सहित प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको समेत नाम बद्नाम गरी प्रहरी संगठनको आचरण विपरित गतिविधि गरेको पएपछि उनलाई जिल्ला प्रहरी कार्यालय तानेर अनुसन्धान समिति बनाएर अनुसन्धान सुरु गरिएको पाइएको छ ।
२०८२ भदौ १ गते आईतबार साँझ करिब ६ बजे मलंगवा नगपालिका २ का राम कैलाश राय यादवका ज्वाई सरोज यादवले भारतको सोनवर्षको मोवाईल पसलबाट आफ्नी सालीको विवाहका लागि रु दुई लाख लिएर मलंगवा नगरपालिका १ स्थित भेडैया नाकाबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहले नियन्त्रणमा लिएर कुशुम पार्टी प्यालेस नजिकै ल्याई कसैलाई भनिस भने जेलमा सडाउँछु भन्दै धम्की लगाई रु दुई लाख रकम नियन्त्रणमा लिए।त्यसपछि यादव डरले ससुराली पुगेर आफ्ना ससुरालाई सो कुरा बताएपछि प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहसंग अनुरोध गरेपछि रु एक लाख ३० हजार फिर्ता गरी रु ७० हजार नदिएपछि पीडित कमलामाई मिडिया प्रा.लिको सम्पर्कमा आएका थिए ।
त्यसपछि उक्त विषयको भिडियो जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राई,प्रमुख जिल्ला अधिकारी श्रेष्ठ,सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेल सहित मधेश प्रहरी प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख लगायतलाई उक्त भिडियो पठाएपछि सई साहलाई जिल्ला प्रहरी कार्यालय तानेर आवश्यक अनुसन्धान गर्न समिति नै गठन गरिएको पाइएको पाइएको हो ।

त्यसपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठको निर्देशनमा प्रहरी चौकी गोरखकाली प्रमुुख भएर आएको दाबी गर्दै प्रहरी चौकी गोरखकालीका प्रमुख एवम सई साहले प्रमुख जिल्ला अधिकारी श्रेष्ठको समेत नाम बद्नाम गर्दै आएका छन्।प्रमुख जिल्ला अधिकारी श्रेष्ठको निर्देशनमा आफु प्रहरी चौकी गोरखकाली प्रमुख भएर आएको बताउदै सई साहले आफुलाई कसैले केही गर्न नसक्ने धम्की दिँदै हिडेका छन् ।
सई साहले आफुलाई पत्रकार वा अरु कोही कसैले केही गर्न नसक्ने धम्की लाउदै असुली चर्काउनुमा प्रहरी संगठनको माथिल्लो तहका अधिकारीहरुको समेत मिलेमतो रहेको हुन सक्ने स्थानीयको आशंका छ।गोरखकाली नाकाबाट दिनहु कपडा,हार्डवेयर,मोबाइल पार्टस,स्याउ सहित किराना तथा खाद्यान्नका सामाग्रीहरु र कवाड ओसार पसार हुने गरेको जो कोहिले पनि सजिलै देख्न सकिन्छ।
सीमा नाकामा खटेर सर्वसाधारणलाई दुख दिने र तस्करहरूसंग मासिक रूपमा लाखौ कमिसन असुल्ने काम सीमा क्षेत्रका सुरक्षाकर्मीहरुबाट भई रहेको प्रष्ट छ।स्थानीय व्यापारीहरुका अनुसार सई साहले मासिक करिब रु तीन लाख रकम असुल्ने गरेका आरोप छ ।