Close This

सर्लाहीका तीन स्थानिय निकायका नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१४ गते   २२९ पटक हेरिएको

सर्लाहीका विभिन्न तीन स्थानिय निकायका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । जिल्लाको लालबन्दी नगरपालिकाका नगर प्रमुख,उप प्रमुख र लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष, बरहथवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख,उप प्रमुख र वडाध्यक्षहरुका साथै मलंगवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख,उप प्रमुख र वडाध्यक्षहरुलाई सम्मान गरिएको हो ।
लोकतान्त्रिक आइटीएफ तेक्वान्दो डोजाङले लालबन्दी नगरपालिकाकाका नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख कल्पनामाया पाख्रिन र लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मिन प्रसाद ढुंगेल(रामु) लाई सम्मान गरिएको हो । डोजाङका अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) को अध्यक्षतामा लालबन्दी नगरपालिका ५ मेजरगन्जस्थित डोजाङकै सभा हलमा भएको कार्यक्रममा लालबन्दीका नवनिर्वाचित नगर प्रमुख अधिकारी, उप प्रमुख पाख्रिन र लालबन्दी ५ का वडाध्यक्ष ढुंगेललाई खादा ओढाएर सम्मान गरिएको तेक्वान्दो डोजाङका मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटीले जानकारी दिनुभयो ।
त्यस्तै मलंगवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख नागेन्द्र प्रसाद यादव, उप प्रमुख शकुन्तला देवी साह र वडाध्यक्षहरुलाई नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
साथै बरहथवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कल्पनाकुमारी कटुवाल, उप प्रमुख रामबाबुप्रसाद साह र वडाध्यक्षहरुलाई पनि बरहथवा उद्योग वाणिज्य संघले सम्मान गरेको हो । बरहथवा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु साहको अध्यक्षतामा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको बरहथवा उद्योग बाणिज्य संघले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech