जनताको अभिमतलाई अपमान गर्ने एमालेलाई किन मत दिने ? नेता साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२३ गते   २७१ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)का उप–महासचिव एवम मधेश प्रदेशका इन्चार्ज गणेश साहले   असंवैधानिक तबरबाट दुई दुई पटक संसद विघटन गर्ने र पुनस्थापित संसदलाई वन्धक  बनाउने नेकपा(एमाले)लाई मत माग्नेहरुको नैतिकता नै नभएको वताए । बरहथवा नगरपालिका १० मा आयोजित चुनावी सभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज साहले‘आफ्नो दुईतिहाँई नजिकमा रहेको संसद विनाकारण असंवैधानिक तवरबाट विघटन गर्ने,संसद पुनस्थापना भई सके पछि ६/६ महिना संसद अवरुद्ध गर्ने जनताको मतलाई अपमानित गर्ने त्यो एमालेलाई किन मत चाहियो ? किन संसद जित्नु प¥यो ? नेपाली जनताले प्रश्न गर्नु पर्छ’बताए ।
साहले एमालेले सरकारमा रहेको अवस्थामा राष्ट्रपतिको पद दुरुपयोग गरिएको र संवैधानिक अंगहरुमा हस्तक्षप गरेर अस्तित्व नै समाप्त पार्ने काम गरेर लोकतन्त्र नै समाप्त पार्ने प्रयत्न गरेको वताए । लोकतन्त्र र संविधानको रक्षाको लागि पाँच दलिय गठबन्धनको नेतृत्वमा अग्रगामी शक्तिहरु मिलेर संघर्ष गरेर गठबन्धन गरिएको र अब प्राप्त उपलब्धीको रक्षा र विकास निर्माणको नेतृत्व पनि गठबन्धनले नै गर्ने पनि बताए ।
सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा विगतका २५ वर्षमा गरिएको विकास भन्दा वढी विकास पाँच दलिय गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित भए पछि पाँच वर्ष भित्र गर्ने पनि विश्वास व्यक्त गरे । उनले सर्लाही ३ को सडक,शिक्षा,स्वास्थ्य,रोजगारी,भौतिक पुर्वाधारहरु र पर्यटकिय क्षेत्रलाई प्रमुख प्राथमिकता भित्र राखेर काम गर्न पाँच दलिय गठबन्धनबाट उम्मेदवारहरु आएका इन्चार्ज साहले बताए ।
सर्लाही ३ का जनताका इच्छा चाहानालाई सम्बोधन गर्न र राष्ट्रिय राजनीतिमा सक्रिय रहँनका लागि सर्लाही ३ मा पाँच दलिय गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र)का नेता नरेन्द्र साह उम्मेदवार भएरआएका वताउदै सर्लाही ३ मा राष्ट्रिय रणनीतिक कार्यक्रमको कमिहुन नदिने उम्मेदवार साहलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरि विजयी बनाउन पनि सर्लाही ३ बासीसंग आग्रह गरेका छन् ।
त्यस्तै,कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही ३ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार साहले आफ्नो उम्मेदवारीको सडक,शिक्षा,स्वास्थ्य,रोजगारी,भौतिक पुर्वाधारहरु र पर्यटकिय क्षेत्रलाई नै मुख्य एजेण्डा बनाएको बताए ।सरकारी अस्पताल पूर्णरुपमा निःशुल्क हुनुपर्ने र सार्वजनिक शिक्षा ध्वस्त भएकाले सार्वजनिक शिक्षालाई अत्यन्त महत्वका साथ आमुल परिवर्तन गरेर सार्वजनिक शिक्षामा आकर्षण बढाउनु पर्ने मान्यता,सर्लाही ३ कै बागमतीमा निर्माणाधिन अवस्थामा रहेको भरत ताललाई प्रदेशको मात्र नभई देश कै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लगायतका योजनाहरु आफ्नो योजनामा समेटीएको नेता साहले बताए ।
यता,अहिलेको युग सर्टिफिकेट भन्दा पनि सिपको युग भएकाले सिपमूलक शिक्षा र प्राविधिक शिक्षा सर्लाही ३ का प्रत्येक माध्यमिक विद्यालयमा पु¥याउनुपर्छ भन्ने आफ्नो महत्वपूर्ण ऐजेण्डा रहेको उम्मेदवार साहले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech