Close This

सर्लाहीमा नागरीकता वितरणमा टोकन प्रणाली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२३ गते   ३८२८ पटक हेरिएको

जिल्लामा नागरिकता लिनेहरुको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले  टोनक प्रणालीको सुरुवात गरेको छ । जिल्ला प्रशासन कार्यालय मलंगवा,इलाका प्रशासन कार्र्यालय हरिवन र इलाका प्रशासन कार्र्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम सुरु गर्नु भएको छ । 
कोरोना माहामारी केही सहज भएको भएपनि  सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी  भीडभाड बढेको भन्दै टोकन प्रणालीमा काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु् भयो । नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपीका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।नागरिकता बनाउने चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीहरुलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताउनु भयो । ईलाका प्रशासन  कार्यालय हरिवन र बरहथवामा पनि टोकन प्रणालीको सुरु गरिएको उहाँले बताउनु भयो ।
देशकै सबै भन्दा धेरै स्थानिय निकाय रहेको सर्लाहीमा नागरिकता बाहेक अन्य सेवाहरु पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको प्रजिअ पौडेलले बताउनु भयो । हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाका पूरै नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ । इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाले जिल्लाका ६ वटा स्थानिय निकायका सेवाग्राहीहरुलाई सेवा प्रदान गरि रहेको छ भने बाँकी रहेको १४ वटा स्थानिय निकायका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरि रहेको छ ।जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक करिब १ सय २० वटा र ईलाका प्रशासन कार्यालय बरहथवा र हरिवनले दैनिक ४५÷६० वटा नागरिकता वितरण गरिरहेका छन । 
ईलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले ५ महिना बढी खप्टिएको काम अहिले आएर एकैपटक गर्नुपर्दा अत्यधिक चाप रहेको बताउनु भयो । केही सातादेखि ईलाका प्रशासन कार्यालय हरिवनमा प्रमुख नहुँदा हरिवनबाट वितरण हुने नागरिकताहरु पनि वरथवाबाटै हस्ताक्षर गराएर काम गरि रहेको ईलाका प्रशासन कार्यालय वरथवाका प्रमुख रायले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech