सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति प्रति मधेश सरकारले असन्तुष्टि व्यत्त गरेको छ ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह,भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव र उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरी सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति प्रति मधेश सरकारले असन्तुष्टि व्यत्त गरेका हुन ।
मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगती,संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग छलफल समेत गरेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राज गौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
“एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको र बाँकी रहेको दुई चरणको कार्य प्रगती जम्मा १० प्रतिसत मात्र भएको साथै ठेक्का लागेको ५० प्रतिसत समय बितिसकेको छ।यस अनुसार समयमै आयोजना सम्पन्न हुन सक्ने सम्भावना छैन्।”आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर गौतमले प्रस्तुत गरेको विवरणमा उल्लखे गरिएको छ ।
अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि सुनकोशी मरिन डाइभर्सन मधेश प्रदेशका लागि कोशे ढुंगा साबित हुन सक्ने बताए।उनले सम्पूर्ण कार्यप्रगती सन्तोष जनक नरहेको बताउँदै अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुंदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षण समेत गराउने समेत बताए ।सुनकोशी मरिन डाइभर्सन निर्माण भएपछि अन्नको भण्डार मधेशमा सिचाईँको व्यवस्था हुने अपेक्षा गरिएको छ ।