प्रहरी निरीक्षक अधिकारी मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित

195 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारी मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।प्रहरी निरीक्षक अधिकारीलाई “पुलिस अफ द मन्थ”घोषित गर्दै पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरी निरीक्षक अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी  उपरीक्षक योगेन्द्र कुमार खड्काले सम्मान पत्र र नगदसहित सम्मान गरेका हुन ।
प्रहरी निरीक्षक अधिकारीले बागमतीमा एक जना पैदलयात्रीको मृत्यु हुने गरी दुर्घटना गराएर फरार भएको कार पक्राउ गरेका,एम्बुलेन्सबाट गाँजा बरामद गरेका,हरिवन नगरपालिका १ बाट भरुवा बन्दुक बरामद गरेका साथै भन्सार छलीका समान बरामद गरेका आधार मानेर जिल्ला प्रहरी कार्यालयबाट उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकारीहरुलाई प्रहरीको मनोबल बढाउने उद्देश्यले महिनैपिच्छे यसरी उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्नै गरेको छ ।
पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित रायमाझी चोक नजिकै मंसिर २ गते राति पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका ११ रायमाझी चोक नजिकै तत्काल नम्बर खुल्न नसकेको कारले ठक्कर दिँदा बागमती नगरपालिका ४ प्रसाई टोलका अन्दाजी ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको थियो।दुर्घटना भएदेखि नै फरार भएको कारलाई प्रहरीले केहीदिनपछि नियन्त्रणमा लिएको भएपनि उत्त कार नम्बर प्रहरीले अहिले सम्म सार्वजनिक गरेको छैन्।स्रोतका अनुसार उक्त कार पर्साको वीरगन्जबाट नियन्त्रणमा लिएको र उक्त कार भारतिय नम्बरको रहेको खुलेको भएपनि प्रहरीले सार्वजनिक गरेको छैन् ।

सम्बन्धित समाचार