Close This

सर्लाहीको हरिवनमा ८ जनामा कोरोना संक्रमण पुष्टि,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२८ गते   ३४२ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाको क्वारेन्टाइनबाट छाडिएका ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।मंगलबार साँझ काठमाडौंको टेकु अस्पतालबाट प्राप्त रिपोर्ट अनुसार ८ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिनुभयो ।

नगर प्रमुख प्रसाईकाअनुसार हरिवन नगरपालिका वडा नम्बर २, ३ र ४ नम् १(१ जना, वडा नम्बर ८ का ३ जना तथा वडा नम्बर ११ का २ जनाको पििसआर रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाको निर्माणाधिन भवनमा बनाईएको क्वारेन्टाइनमा १४ दिन राखेपछि आरडीटी नेगेटिभ आएको भन्दै जेठ १८ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरि २९ जनालाई होम क्वारेन्टाइन बस्ने शर्तमा छाडिएको थियो। छाडिएका २९ मध्ये ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएका ७ जनालाई मंगलबार राती नै नगरपालिकाको निर्माणाधिन भवनमा तयार पारिएको आईसोलेसन कक्षमा राखि सकिएको नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो ।भारतबाट आएका उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर आरडीटी परिक्षण पश्चात घरमै बस्ने शर्तमा छाडिएको र उनिहरुकै पिसिआर रिपोर्ट पोजेटिभ आएपछि स्थानीयबासी त्रसित बनेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech