सिन्धुलीबाट दुई सय २४ जना फरार कैदी वन्दी पक्राउ

299 Shares

जिल्ला कारागार सिन्धुलीबाट भागेका दुई सय २४ जना कैदी वन्दीहरु पक्राउ परेका छन् ।“जेन जी”पुस्ताको देशव्यापी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारहरुमा तोडफोड हुँदा सिन्धुलीबाट चार सय २८ जना कैदी वन्दीहरु भागेकामा हालद सम्म दुई सय २४ जना कैदी वन्दीहरु पक्राउ परी सकेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला कारागार सिन्धुलीमा चार सय २८ जना पुरुष र ४३ जना महिला गरी चार सय ७१ जना केदी वन्दीहरु रहेकामा चार सय २८ जना कैदी वन्दीहरु भागेका थिए ।सिन्धुली कारागारबाट भागेका दुई सय १२ जना कैदी र थुनुवा सहित अन्य जिल्लाका विभिन्न कारागारबाट भागेका थप १२ जना गरी दुई सय २४ जना कैदी वन्दीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको “जेन जी” आन्दोलनका क्रममा जेल तोडफोड, आगजनी र लुटपाटका घटनाहरू घटेका थिए।आन्दोलन बढ्दै गएपछि संघीय राजधानीसहित संवेदनशील जिल्लामा कफ्र्यु आदेश लागू गरिएको छ भने शान्ति९सुरक्षाको अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै नेपाली सेना समेत सडकमा खटाइएको छ ।

सम्बन्धित समाचार