Close This

सर्लाही क्षेत्र नम्बर १ मा कांग्रेसको महाधिवेशन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   १२६८ पटक हेरिएको

नेपाली काङ्ग्रेस सर्लाही क्षेत्र नम्बर –१ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि तर्फको मतदान सम्पन्न भएको छ । १४ औँ केन्द्रीय महाधिवेन गर्न भन्दै वडा तहदेखि सुरु भएको महाधिवेशन सर्लाहीमा विवादका बवजुद पनि क्षेत्र तथा केन्द्रको लागि जाने प्रतिनिधिहरुको महाधिवेशन निर्वाचन प्रक्रियाबाट भएको छ ।
मंगलबार भएको मतदानमा क्षेत्र नम्बर १ का ८ सय ४३ जना प्रतिनिधिहरुबाट भएको मतदानमा ८ सय २७ जनाले मतदान गरेका थिए । जसबाट १० जना केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । निर्वाचित हुनेहरुमा खुल्ला तर्फबाट योगराज देवकोटा(युवराज)ले ४ सय मत, वासुदेव अधिकारीले ३ सय ८१ मत,बलिराम झाले ३ सय ७९ मत,प्रमोद कुमार बरालले ३ सय ७७ मत,शिवकुमार गुर्मछानले ३ सय ७७ मत,नबराज अधिकारीले ३ सय ७० मत,मनोज कुमार आचार्यले ३ सय ४८ मत,दिपक अधिकारीले ३ सय ४७ मत,सत्यदेव सिह(दनुवार) ले ३ सय ३३ मत र सुरेन्द्र कुमार न्यौपानेले ३ सय २२ मत ल्याएर केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुनु भएको हो । 
त्यसैगरी खुल्ला महिला तथा आदिवासी जनजाती  तर्फ ४जना निर्वाचित हुनु भएको छ । जसमा लक्ष्मि प्रधान(गोले) शुसिला कार्की,राधा घिमिरे,रेखा जोशी(श्रेष्ठ),शम्भुलाल श्रेष्ठ र पम्फा लामा निर्वाचित भएका छन् ।  त्यसैगरी मधेशी तर्फ रामबाबु शाह,सोनेलाल शाह र कन्चन शाह त्यसैगरी दलीत तर्फ जुना परियार र कुशबहादुर विक,खस आर्य तर्फ उद्दव प्रसाद पौडेल,थारु तर्फबाट रामचन्द्र चौधरी  र मुस्लीत तर्फबाट शेख सहदुल्ला निर्वाचित भएका नेपाली कांग्रेस सर्लाहीका युवा नेता ठाकुर बख्रेल(मनोज)ले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech