सर्लाहीको बरहथवा नगरपालिका ७ स्थित बरहथवा हिरापुर सडक खण्डबाट ठूलो मात्रामा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बरहथवा नगरपालिका ७ स्थित बरहथवा हिरापुर सडक खण्डमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा दुई वटा भारतिय नम्बरकमा मोटरसाईकललाई चेकजाँच गर्दा ठूलो मात्रामा लागु औषध फेलापरेपछि मोटरसाईकल सहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरहथवा नगरपालिका ७ स्थित बरहथवा हिरापुर सडक खण्डमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा एमएच ४७ एभि र बिआर ३० एच १३१४ नम्बरको मोटरसाईकलबाट तीन हजार ट्यावलेट लागु औषध नाईट्राभेट र एक सय ४० बोतल कोडिवेल सहित बलरा नगरपालिका ३ का अन्दाजी २७ बर्षिय मुनिल राम,सोहिका सोनु यादव,बरहथवा नगरपालिका ७ का अन्दाजी १९ बर्षिय अर्जुन साह र सोहि ठाउँका अन्दाजी १६ बर्षिय अर्का एक युवक रहेका छन्।
बरहथवा नगरपालिका ७ स्थित बरहथवा हिरापुर सडक खण्डमा ईलाका प्रहरी कार्यालय बरहथवाले सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा सो लागु औषध बरामद् भएको हो । लागु औषध सहित नियन्त्रणमा लिएका चारै जनारदुई वटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।