Close This

प्रदेश सभा सदस्य कुशवाहा जनता आवास समन्वय समिति सर्लाहीको संयोजकमा चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१२ गते   ४६ पटक हेरिएको

जनता आवास कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीको संयोजकमा सर्लाही क्षेत्र नं. ४ खका प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद कुशवाहा चयन हुनु भएको छ ।  प्रदेश  २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको भादौ १० को (मन्त्री स्तरीय) निर्णयबाट नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य कुशवाहलाई जिल्ला समन्वय समिति सर्लाहीको संयोजक चयन गरिएको हो । 
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका प्रदेश सभा सदस्य कुशवाहा नेतृत्वको समन्वय समितिले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि लाभग्राही छान्ने, कार्यक्रम सहज रुपमा सम्पन्न गर्न सहजीकरण गर्ने लगायत विभिन्न काम गर्ने बताईएको छ । समितिमा जिल्ला स्थित बाँकी ७ वटै प्रदेश सभाका सदस्यहरु सदस्य रहने व्यावस्था छ ।
हाल दलित समुदायका लागि जनता आवास कार्यक्रमबाट सर्लाहीमा सयौं घरहरु निर्माणका लागि प्रकृयामा छन् भने सयौं घरहरु निर्माण भईसकेका छन् । हालसम्म कार्यविधि प्राप्त नगरिसकेकाले काम, कर्तब्य र अधिकारका बारेमा प्रश्ट हुन एकसाताको समय लाग्ने संयोजक कुशवाहाले जानकारी दिनु भयो । यसअघि प्रदेश सभा सदस्य निरा साह समितिको संयोजक रहनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech