स्कारपियो र मोटरसाइकल ठोक्किँर दुर्घटना हुँदा एकको मृत्यु,एक घाइते

359 Shares

हुलाकी सडक अन्तर्गत सर्लाहीको गोडैता नगरपालिका ४ रोहुवामा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने,एक जना घाइते भएका छन्।हुलाकी सडक अन्तर्गत सर्लाहीको गोडैता नगरपालिका ४ रोहुवामा मलङ्गवाबाट गोडैतातर्फ जाँदै गरेको बीआर ०५ एच ५७४८ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एए ४७०२ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा गोडैता नगरपालिका ९ बस्ने अन्दाजी ४५ वर्षीय देवनारायण पण्डितको मृत्यु भएको र गोडैता नगरपालिका ५ का अन्दाजी ५० वर्षीय रामानन्द महतो घाइते भएका छन् ।
मोटरसाइकलको पछाडि सवार पण्डितलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पुु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा घाईते भएका मोटरसाइकलका चालक महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।दुर्घटनामा संग्लग्न स्कारपियो र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार