युएईको दुबई राज्यअन्तर्गतको पर्यटकीय शहर वरदुबईमा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लब सञ्चालनमा आउने भएको छ । नेपाली समुदायको सर्वाधिक भिडभाड हुने वरदुबईमा बिशेषगरी नेपालीलाई नैं लक्षितगरी काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन एकैंसाथ सञ्चालनमा आउने भएको हो ।पुरानो एचएसबिसी बैंक बिल्डिङको एम फ्लोरमा सबैं सुविधा उपलब्ध हुनेगरी व्यवस्थित र सुविधासम्पन्न काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन डिसेम्बर १ तारिखदेखि खुल्ने तयारी गरिएको जनरल मेनेजर जेम्स गुरुङले जानकारी दिए ।
काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा बिशेषगरी नेपाली स्वादमा, स्वादिष्ट नेपाली परिकार पाईने जिएम गुरुङले बताए । हामी उच्च स्तरको क्वालिटी दिने छौं गुरुङले भनेः क्वालिटीमा कुनै सम्झौंता हुनेछैंन । शुद्धता, सरसफाई र खानेकुराको गुणस्तरमा कुनैं कमि हुन नदिने उनको प्रतिबद्धता छ । पारिवारिक वातावरण, बैंठक, सभाहल, पर्याप्त पार्किङको व्यवस्था रहको जिएम गुरुङले जानकारी दिए । वर दुबईमा पहिलो पटक यत्ति धेरैं सुविधा सम्पन्न रेष्टुरेन्ट खुल्न लागेको हो ।रेष्टुरेन्टबाट सुन्दर दृश्य देखिन सक्ने, दुबईको मुख्य सहर, विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने गुरुङको भनाई छ । रेष्टुरेन्टको १०९ जनासम्म क्षमता रहेको छ । एकैंपटक एकसय भन्दा धेरैं ग्राहकलाई सहज सुविधायुक्त ढङ्गले सेवा दिन सकिने जिएम गुरुङले जानकारी दिए ।
नेपाली समुदायलाई सुविधाजनक ढङ्गले गुणस्तरयुक्त सेवा दिनको लागि रेष्टुरेन्ट र क्लव सञ्चालन गर्न लागिएको सञ्चालक सरोज बिष्टले बताए । मध्यम खर्चमा पनि स्वस्थकर खाना र पुर्ण मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको बिष्टको भनाई छ । ‘हामीले सबैं कानुनी प्रक्रिया पूरा गरिसकेका छौं । डिसेम्बर पहिलो साताबाट रेष्टुरेन्ट र क्लव एकैंसाथ शुरु गर्नेछौं’ बिष्टले भने, ‘नेपालीसहित ईण्डियन, अरबिक सबैंलाई समेट्नेगरी उत्कृष्ट सेवा दिनेछौं ।’ काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा नेपाली पहिचान झल्काउने शुद्ध नेपाली खाना उपलब्ध हुने बिष्टले बताए ।
विश्वभर काष्ठमाण्डपको शाखा खोल्ने योजना रहेको बिष्टको भनाई छ । १४ बर्षमा बिभिन्न देशमा एकसय वटा रेष्टुरेन्ट खोल्ने योजना रहेको बिष्टले बताए । काष्ठमाण्डपको शाखा विश्वभर खोल्नेछौं संचालक बिष्टले भने, ‘यो अभियान युएईबाट शुरुवात भएको छ ।’ करिब नेपाली ३० करोड रुपैयाँ लगानी रहेको क्लव र रेष्टुरेन्टमा ९५ प्रतिशत नेपाली कामदार रहेका छन् । सबैं कामदार कर्मचारीहरूलाई तालिमको व्यवस्था गरिएको बिष्टले बताए ।
करिब ९ सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको बिष्टको भनाई छ । ‘यो बिगेष्ट क्लव हो’ उनले भने, ‘क्लवमा साउण्ड सिष्टम, लाईटिङलगायतका आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ ।’ क्वालिटीमा सम्झौंता नगर्ने बिष्टले बताए । क्लव भन्ने बित्तिकैं महङ्गो हुन्छ भन्ने आम मानिसको सोच छ । तर क्लव एसके सेभेनमा मध्यम बजेटमा पुर्ण मनोरञ्जन लिन सकिने जिएम गुरुङले जानकारी दिए ।