स्व.लामाको २३ औं स्मृति कार्यक्र सर्लाहीमा पनि मनाईयो

774 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको लालबन्दी नगरपालिका ५ मा अन्याय अत्याचार र भ्रष्टाचारका धोर विरोधी निर्मल लामाको २३ औँ स्मृति कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालिका ५ स्थित निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल सर्लाही शाखाको कार्यालयमा लामाको २३ औा स्मृति कार्यक्रम गरिएको हो ।
१९८६ मा भारतको दार्जिलिङमा जन्मीएका लामाको २०५७ बैशाख २७ उपचारको क्रममा निधन भएको थियो । तानाशाहीहरु विरुद्धको अभियानमा लागेका लामाको न्वारानको नाम  तेजनारायण लामा भए पनि पछि जनताको  काम गर्दै जाने क्रममा निर्मल लामाले परिचित भएको नेकपा(माओवादी केन्द्र)का नेताहरुले बताउका छन् ।
राजनीतिक पीडितहरुलाई तत्कालीन सरकारले दिने आर्थिक तथा अन्य सहयोगहरु लामाले  नलिएका लामाको २३ औँ स्मृति कार्यक्रमका प्रमुख अतिथि एवम नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज अच्युतम काफ्लेले बताए । उनका अनुसार राज्यले दिने सेवा सुविधा समेत उपभोग नगरेका लामा सधैं सर्वाहारा क्रान्तिमा लागि रहने निर्डर र साहसीक नेता हुन ।
राजनीतिक भ्रष्टाचार नेपालको सबैभन्दा ठुलो समस्या रहेको र त्यसका विरुद्ध लाग्नु आवश्यक छ भन्ने लामाको ठहर थियो । सोही अनुसार अहिले आफ्नो पार्टी माओवादी केन्द्र लागि परेको केन्द्रीय सदस्य एवम निर्मल लामा स्मृति प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य काफ्लेले बताए ।
सानैदेखि विद्रोही स्वाभावका लामा पटक पटक भएको राजनीतिक परिवर्तनको आन्दोलनमा सक्रिय भएर लागि परेका,तानाशाहीहरुको विरुद्ध कडा रुपमा उत्रने व्यक्ति रहेको नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला सह इन्चार्ज लुमणी धिताल(लोचन)ले बताए । उनले अहिलेको राजनीतिक परिवर्तनका हरेक उपलब्धिहरुमा कतै न कतै लामाका अवशेषहरु भेटिने गरेको बताए ।
उग्रवाद विरुद्ध डटेर सामना गर्ने र सम्सोदनबादीहरुको खुलेर विरोध गर्ने तथा श्रमजीवि र सर्वाहारा वर्गका अगुवा नेताको रुपमा लामालाई हेरिने गरेको नेकपा(माओवादी केन्द्र)की केन्द्रीय  सदस्य साबित्रा बुढाथोकीले बताईन् । अहिले नेकपा(माओवादी केन्द्र)ले खेलेको भुमिका स्व.लामाको बाटो रहेको उनले बताईन ।
लामाले २००९ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका र लेलिनको प्रभावमा परेका लामाले डा. केआई सिह र राम प्रसाद राई सहित १८ जनालाई संगठित गर्दै यथास्थितिबादीहरुका विरुद्ध उभिएका नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पनतले बताए ।उनका अनुसार २०४७ सालमा संविधान निर्माण हुँदा लामा संविधान सुझाब आयोगको सदस्य समेत बनेका थिए ।
निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल सर्लाही शाखाका अध्यक्ष ज्ञान बहादुर थापा क्षेत्रीको अध्यक्षता तथा निर्मल लामा स्मृति प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य,माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा लालबन्दी नगरापालिका ५ स्थित निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल,सर्लाही शाखाको कार्यालयमा स्व.लामाको २३ औँ स्मृति कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला इन्चार्ज काफ्ले,सह इन्चार्ज लोचन,केन्द्रीय सावित्रा बुढाथोकी,लालबहादुर माझी(मनिष),माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष पन्त,अखिल (क्रान्तिकारी) सर्लाहीका अध्यक्ष रन्जीत सहनी,अखिल नेपाल महिला संघ क्रान्तिकारी सर्लाहीकी अध्यक्ष विनिता दाहाल लगायतको विशेष उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार