नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि कार्यालय उद्धघाटन

2.9k Shares


नेकपा (माओवादी केन्द्र) लालबन्दी नगर कमिटीको कार्यालय उद्धघाटन गरिएको छ । नेकपा(माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पुर्व उप प्रधानमन्त्री एवम पररष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)को प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रम मार्फत नेकपा (माओवादी केन्द्र) लालबन्दी नगर कमिटीको कार्यालय उद्धघाटन गरिएको हो ।
लालबन्दी नगरपालिका ७ मा माओवादी केन्द्रको नगर कमिटिको पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा सचिवालय सदस्य श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका प्रदेश कमिटि अध्यक्ष प्रह्लाद बुढाथोकी,जिल्ला कमिटि सचिव कमल बुढाथोकी,पार्टीका नेताहरु देवानन्द महतो,लिला कुमारी मोक्तान,राजन कुमार श्रेष्ठ लगायत योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिइल)का नेताहरु ओमराज गोले,लालबहादुर कार्की आलोक लामा ,धर्महस पासवान,अशोक गुप्ता लगायतका पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
पार्टी कार्यालय उद्धघाटन पुर्व लालबन्दी ७ को डुमडुमे मन्दीर देखि विभिन्न नारा लगाउँदै पार्टीका नेताहरुले र्याली समेत निकालेका थिए । 

सम्बन्धित समाचार