Close This

संकटासंग नवजन जागृति ३ -० गाेल अन्तरले पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२ गते   २४१ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ मा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत मंगलबारकाे खेलमा संकटा क्लब काठमाडौले नवजन जागृति युवा क्लब सिमरालाई तेस्राे क्वाटरफाईनल खेलमा ३-० गाेलअन्तरले पराजित गरेकाे छ । 
बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी प्रतियोगितामा संकटा युवा क्लब काठमाडौंले नवजन जागृति युवा क्लब सिमरालाई तेस्राे क्वाटरफाईनल खेलमा ३ -० गाेलअन्तरले पराजित गर्दै सेमिफाइनलकाे यात्रातय गरेकाे  आयाेजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयाेजक सागर मैनालीले जानकारी दिए । उनका  अनुसार बुधबार  हुने अन्तिम क्वाटरफाइनलमा आयाेजक बागमती युवा क्लब सर्लाही  र मछिन्द्र फुटबल क्लब काठमाडौं  विच खेल हुने छ ।
मधेश प्रदेशकै सर्वाधिक पुरस्कार धनराशीको साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमकाे सहभागिता रहेकाे बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । उनका अनुसार एपीएफ क्लब, युनाईटेड किण्डम फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा,नेपाल पुलिस क्लब, धरान फूटबल क्लब धरान,चर्च व्याईज युनाइटेड लिलितपुर र नवजन जागृति युवा क्लव सिमरा प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।
प्रतियोगिताको बिजेताले रु १० लाख र उपबिजेताले रु पाँच लाख र नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना हरेक वर्ष सञ्चालन भई रहेकाे साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघ २५ गतेबाट सुरु भएको र फागुन ७ गते सम्म सञ्चालन हुने छ  ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech