पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो

3.5k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरियाटोलमा आज(आईतबार) मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गएको छ । इश्वरपुर नगरपालिका ९ खोरिया टोलमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल भाग्ने क्रममा मोटरसाईकल चालकको बिजुलीको पोलमा ठोक्किएर ज्यान गएको प्रहरीले जनाएको छ ।
आज(आइतबार) दिउँसो करिब ४ बजे बयलवास बजारबाट मोहनपुरतर्फ जाँदै गरेको प्रदेश २ ०२ ००३ प ७७१३ नम्वरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाईकल भाग्ने क्रममा बिजुलीको पोलमा ठोक्कीदा मोटरसाईकल चालकको ज्यान गएको ईलाका प्रहरीकार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो । प्रहरीनिरिक्षक ढुंगानाका अनुसार मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा  सडक छेउको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालक बरहथवा नगरपालिका १० शान्तिटोलका अन्दाजी वर्ष ३५ का मुकेश सिंह दनुवारको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका मुकेशलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा सर्लाही पठाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालिका ९ का अन्दाजी वर्ष ७० का महेन्द्र साह र सोही ठाउँ बस्ने अन्दाजी वर्ष १५ की रन्जना कुमारी महतो घाईते भएका छन् । उनिहरुको निधार र नाकामा चोट लागेको छ । गंभिर घाईते साहलाई बयलवासमा सामान्य उपचार गरी थप उपचारका लागि जनकपुर पठाइएको छ भने सामान्य घाईते रन्जनाको बयलवासमै उपचार चलिरहेको प्रहरीले जनाएको छ ।स्थानियका  अनुसार मोटरसाइकलले पहिला रन्जनालाई ठक्कर दिएको र त्यसपछि चालकले मोटरसाइकल लिएर भाग्न खोज्दा साहलाई ठक्कर दिएर बिजुलीको पोलमा ठोक्किएको थियोे । 

सम्बन्धित समाचार