आगलागी पीडित खातुन परिवारलाई नगद तथा खाद्यान्न सहयोग

971 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ की आगलागी पीडित नैवुन खातुन परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ।इश्वरपुर नगरपालिका ६ मा करिब एक साता पहिला भएको आगलागीमा परेर धनमाल नष्ट हुनुका साथै अन्दाजी वर्ष ४५ की खातुन घाईते भएकी थिइन् ।
पारिवारिक आर्थिक अवस्था कमजोर रहेकी खातुन परिवालाई सर्लाहीको चन्द्रनगर निवासी नेकपा(माओवादी केन्द्र)का नेता एवम समाजसेवी नविन यादवले नगद रु ११ हजार सहित खाद्यान्न सहयो गरेका हुन।पारिवारिक अवस्था कमजोर रहेकी खातुन आगलागीमा परि घाईते भई हाल काठमाण्डौँमा उपचारतअवस्था रहेकी छन् भने उनको अवस्था गम्भिर रहेको खातुनका श्रीमान गुलावर खानले बताए।उनले समस्या परेको बेलामा नगद सहित खाद्यान्न सहयोग गरेर माओवादी केन्द्र नेता यादवले ठूलो गुना लगाएका भन्दै खुसी व्यक्त गरे । खातुनको उपचारमा सहयोग पुगोस भनेर रु ११ हजार आर्थिक सहयोगका साथै कमजोरआर्थिक अवस्था रहेको उनको परिवारलाई चालम,दाल,आलु,स्वाविन,खानेतल,नुन,चिनी र चियापत्ति लगायतका खाद्यन्न सहयोग गरेको नेता यादवले बताए ।
आर्थिक तथा खाद्यन्न सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा(माओवादी केन्द्र) इश्वरपुर नगर कमिटि अध्यक्ष नरेश महतो,उपा अध्यक्ष सुरेन्द्र गोले,माओवादी केन्द्र सर्लाहीका जिल्ला समन्वय समिति सदस्य बिक्रम आचार्य(रमेश)का साथै ईश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष महम्मद रहमन अन्सारी,हरिपुर नगरपालिका ३ का वडा अध्यक्ष लाल महमद शेषका साथै इश्वरपुर नगरपालिका ५ का सामाजसेवी नागेन्द्र राय यादव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार