सर्लाहीबाट एकिकृत समाजवादी सकियो,अधिकांश पदाधिकारी एमालेमा समाहित

1.4k Shares

नेकपा (एकीकृत समाजवादी)सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी नेकपा(एमाले)मा समाहित भएका छन्। शुक्रबार दिउँसो मलंगवास्थित एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहमा एकिकृत समाजवादीका नेताहरू एमालेमा समाहित भएका हुन्।
एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंह,जिल्ला उपाध्यक्ष देवेन्द्र राय,सचिव गोविन्द अधिकारी,उपसचिव लीलादेवी कोइराला,बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका सदस्य विश्व लामा,प्रचार विभाग प्रमुख एवम हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले,ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेनकुमार गौतम,हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामी लगायत नेताहरु एमालेमा समाहित भएका हुन ।
उपाध्यक्ष राय र सचिव अधिकारीको संयुक्त हस्ताक्षरमा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको सम्बन्धमा प्रेस विज्ञप्ति समेत जारी गरिएको छ । झूटफुटवाट देश,जनता र पार्टीलाई नोक्सान भएको महसुस गर्दै एमाले केन्द्रीय,मधेश प्रदेश एवम सर्लाही जिल्ला कमिटीबाट एकीकृत समाजवादीलाई एमालेमा जोडिन आह्वान गरेको र एकीकृत समाजवादी पार्टी तथा नेतृत्वले कम्युनिष्ट आन्दोलन,राष्ट्रियता एवम जनताको समृद्धिको चाहना पूरा गर्न नसक्ने ठहर गर्दै आफुहरु नेकपा एमालेमा समाहित भएको विज्ञप्तिमा उल्लेख गरिएको  छ । त्यस्तै एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटीका अत्याधिक संख्याको ठहर भएकाले निःशर्त एमालेमा समाहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार