Close This

वडा अध्यक्षद्धारा नागरीकलाई अभिनन्दन कार्यक्रम सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-८ गते   ४१० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ ले आफ्नो वडामा नागरीक अभिनन्दन कार्यक्रम सुरु गरेको छ । आफ्नो वडा भित्र रहेका ७५ वर्ष नाघेका बृद्धबृद्धाहरुलाई घर घरमा नै पुगेर सम्मान कार्यक्रम सुरु गरिएको र आफ्नो वडा भित्रका १ सय जना बृद्धबृद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको वडा नम्बर ५का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो । 
बुधबारबाट सुरु भएको अभियान हरेक बृद्धबृद्धाहरुको घरमा पुगेर सम्मान गर्दै सकिने वडा अध्यक्ष भण्डारीले बताउनु भयो । सम्मान कार्यक्रममा बृद्धबृद्धाहरुलाई हर्लीक्स र दोसल्ला ओढाएर सम्मान गरिएको हो । आफ्नो वडा भित्रका बृद्धबृद्धाहरुलाई केही राहत पुगोस भनेर घरदैलो अभियान सुरु गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । नागरीक अभिनन्दन कार्यक्रमको नाम दिईएको कार्यक्रममा वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु सहभागी रहेका छन ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech