कुनै सदस्य समेत नजित्दा पनि माओवादी केन्द्रका बुढाथोकी नगर प्रमुखमा निर्वाचित,मिटरब्याजी र भ्रष्टाचारीको निदहराम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-८ गते   २१४३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाको नगर प्रमुखमा मिटरब्याजी र भ्रष्टाचारीहरुका मुख्य शत्रु निर्वाचित हुनु भएको छ । 
सर्लाहीका २ सय ९९ जनालाई १ सय २० प्रतिशतसम्म ब्याजमा ऋण लगाएर शोषण गर्ने साहुकार श्यामकृष्ण साह कलवार( श्याम परदेशी) विरुद्ध सतिसाल बनेर अभिएका नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल) हरिवन नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनु भएको हो ।
सर्लाहीका २ सय ९९ जनालाई १ सय २० प्रतिशतसम्म ब्याजमा ऋण लगाएर शोषण गर्ने साहुकार श्यामकृष्ण साह कलवार( श्याम परदेशी) विरुद्ध आन्दोलनको अगुवाई गरेका बुढाथोकीले निर्वतमान नगर प्रमुख नेकपा(एमाले)का नेता गणेश प्रसाद प्रसाईलाई पराजित गर्नु भएको हो । 
‘मिटरब्याजी श्याम परदेशीविरुद्ध सर्लाहीदेखि काठमाडौंसम्म आन्दोलनमा बुढाथोकी पीडितहरुसंगै उत्रिनु भएको थियो ।मलाई मुद्दा छोड, करोडौं रुपैयाँ दिन्छौं भनेर अफर पनि गरे । पैसामा गरिव जनताको आन्दोलन बेचिनँ,’ नगर प्रमुख बुढाथोकीले बताउनु भयो । ‘बरु खाई नखाई अधिकार प्राप्तिको आन्दोलनमा लागेँ ।’ जसका कारण साहुकार श्याम परदेशी पक्राउ परेर र अहिले जेलमा आफुले गरेको कुकर्मको फल भोगि रहेका नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।
चर्को ब्याजमा पैसा लगाएर शोषण गरेको भन्दै प्रहरीले २०७६ असोज १० गते श्याम परदेशीलाई पक्राउ गरेको थियो । बुढाथोकी लामो समय तत्कालीन एकता केन्द्रमा रहेर राजनीतिमा सक्रिय हुनु भएको थियो । माओवादीसँग २०६५ सालमा एकता गरेपछि हाल माओवादी केन्द्रको  सर्लाही संयोजक समेत हुनु भएका बुढाथोकी हरिवन नगरपालिकाको एक्लो जनप्रतिनिधि पनि हुनुहुन्छ ।
यसअघि नेकपा एमालेबाट निर्वाचित निवर्तमान नगर प्रमुख प्रसाईसँग झिनो मत अन्तरले पराजित हुनु भएका बुढाथोकीको हरिवन नगरपालिकामा पानी सदस्य समेत निर्वाचित भएका छैनन् । १ वटा वडा रहेको हरिवन नगरपालिकामा निकै कडा प्रतिस्पर्धाबाट उहाँ नगर प्रमुखमा निर्वाचित हुनु भएको हो । हरिवन नगरपालिकाको उप प्रमुख सहित ११ वटै वडामा माओवादी केन्द्रको सदस्य समेत निर्वाचित नभएपनि बुढाथोकी नगर प्रमुखमा निर्वाचित हुनु भउको छ । 
स्थानियले चुनाव प्रचार प्रसार कै क्रममा बुढाथोकीलाई घोडामा चढाएर नगर प्रमुखमा विजयको शुभकामना समेत दिएका थिए । बुढाथोकी ७ हजार २ मत ल्याएर नगर प्रमुखमा  विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकर्पाएमाले)का नेता निवर्तमान नगर प्रमुख प्रसाईले ६ हजार ८ सय ४९ मत ल्याउनु भएको थियो । नेकपा(एकीकृत समाजवादी)का सुरेन्द्र लामाले ३ हजार ८ सय ३६ मत र नेपाली काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामप्रसाद मैनालीले २ हजार ९ सय ३६ मत ल्याउनु भएको छ ।
नगर उप प्रमुखमा भने नेकपा(एमाले)की हरिमाया घलान ६ हजार ८ सय ५५ मत ल्याएर विजयी हुनु भएको छ । नेकपा(माओवादी केन्द्र)की पद्मा मोक्तानले ५ हजार ३ सय २१ र नेपाली काँग्रेसकी सोनीकुमारी बम्जनले ४ हजार ९ सय ९१ मत ल्याउँदा नेकपा(एकीकृत समाजवादी)की सीतादेवी थापाले २ हजार ९ सय ५६ मत ल्याउनु भएको थियो । हरिवन नगरपालिकामा माओवादी केन्द्रले एउटा पनि सदस्य नजित्दा पनि नगर प्रमुखमा बुढाथोकीको जितले अहिले निकै चर्चा पाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech