सर्लाही ईश्वरपुुर नगरपालीका ९ मा अस्पताल निर्माण गर्नका लागि स्थानीयले जग्गा दान गरका छन् ।इश्वरपुर नगरपालिका ९ निवासी विष्णु प्रसाद महतो र अनिता महतोले आफ्ना स्व.छोरा ऋषभ महतोको स्मृतिमा इश्वरपुर नगरपालिकालाई अस्पताल निर्माण गर्न भन्दै एक करोड भन्दा बढीको जग्गाद दान गरेका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार ईश्वरपुर नगरपालिका ९ स्थित फुुलजोर–त्रिभुुवननगर सडक खण्डवाट करिब सय मिटर भित्र आफ्ना स्व.छोराको स्मृतिमा अस्पताल निर्माण गर्नका लागि भन्दै एक करोड भन्दा बढी पर्ने जग्गा दान गरेका हुन ।
जग्गा प्राप्त भएकाले इश्वरपुर नगरपालिका÷नगर कार्यपालीकाको बैठकबसी दाताको चाहना अनुसार जमिन पालिकाको नाममा ल्याउने प्रकृया सुरु गरिने र नाममा आईसकेपछि विभिन्न सहयोगी संस्था तथा निकायको सहयोगमा पालीका स्तरिय अस्पताल निर्माण गरिने इश्वरपुर नगरपालिकाकी नगर उप प्रमुख रन्जीता देवी चौधरीले जानकारी दिईन् । जग्गा दान गर्ने दाताहरु प्रति इश्वरपुर नगरपालिकाले आभार प्रकट गरेको छ ।