बरहथवा नगरपालिका ३ की यादवको सर्पदंशबाट मृत्यु

285 Shares

सर्लाहीको बरहथवा नगरपालिका ३ भगवतीपुर की एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ।बरहथवा नगरपालिका ३ भगवतीपुरकी अन्दाजी वर्ष ३५ की चित्ररेखा देवीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
 सर्पदंशबाट उपचारका लागि लालबन्दी नगरपालिका १ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा आईकी यादवलाई १० भाईल एण्टि स्नेक भेनम चढाउँदा पनि सुधार नभएपछि थप पाँच भाईल एण्टि स्नेक भेनम राखेर थप उपचारका लागि जनकपुर तर्फ पठाईएको लालबन्दी नगरपालिका १ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
सोमबार बिहान घर अगाडी दाउरा मिलाउने क्रममा सर्पले टोकेपछि शरिरमा पूरै विष फैलिसकेको अवस्थामा यादवलाई उपचारका लागि ल्याईएकाले उपचारमा समस्या आएको लालबन्दी नगरपालिका १ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।बिरामीलाई पहिला बरहथवा स्वास्थ्य केन्द्र मै उपचारको प्रयास गरेको र त्यहाँबाट नभएपछि लालबन्दी नगरपालिका १ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पठाईएको यादवको परिवाले जनाएको छ ।
सर्लाहीको प्रादेशिक  अस्पताल मलंगवाका साथै प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा र लालबन्दी नगरपालिका १ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशको उपचार हुने गरेको भएपनि कुनै पनि सर्पदंश उपचार केन्द्रहरुमा सर्पदंशका बिरामीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुका साथै दक्ष जनशक्ति नरहेका कारण वर्षेनी हर्जनौ सर्पदंशका बिरामीहरुको अकालमै ज्यान जाने गरेको छ ।राज्यको सहयोग नरही सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरुको व्यावस्थापनमा स्थानीय तहहरुले ध्यान नदिँदा तराईका जिल्लाहरुमा हुने सर्पदंशका बिरामीहरुको उपचारको अभावमा मृत्यु हुने गरेको पाइएको छ ।

सम्बन्धित समाचार