बि.पी राजमार्ग अन्तरगत बर्दिबास सिन्धुली नेपाल थोक बनेपा सडक खण्ड सुचारु भएको छ।सिन्धुलीको सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्र्री र दुम्जा लगायतका स्थानमा बाढीका कारण क्षति भएको उक्त राजमार्गमा नेपाली सेना,सुनकोसी गाउंपालिका, यातायात कार्यालय र नेपाल प्रहरी तथा स्थानीयको पहलमा अस्थायी निर्माण गरिए पछि सिन्धुली सुचारु भएको हो ।
बिहीबारबाट बाढी र पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको सो सडक खण्डको अवरोध हटाउँदै सिन्धुलीदेखि नेपालथोकसम्म यातायात सञ्चालन गर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।उनका अनुसार राजमार्ग अवरुद्ध हुँदा तीन दिनदेखि बीच बाटोमै फसेका यात्रुहरूलाई सिन्धुलीतर्फ फर्काउन सहज हुने भएको छ ।
अवरुद्ध स्थानहरुमा अस्थायी मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी भने पनि यातायातका साधन सञ्चालन गर्न सकिने बनाइएको हो ।बीच बाटोमा अलपत्र यात्रु र सवारी साधनलाई सिन्धुलीतर्फ फर्काउन,नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीय लागिपरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक काफ्लेले बताए ।
बिहीबारबाट बाढी र पहिरोका कारण पूर्णरुपमा अवरुद्ध हुँदा पूर्व तथा मध्य तराईबाट काठमाडौं हिँडेका सयौं सवारी साधनहरू बीच सडकमै अलपत्र पर्दा निक्कै समस्या भएको थियो।उनीहरूलाई काठमाडौं लगायतका गन्तव्यसम्म पु¥याउन तत्काल सम्भावना नभएपनि सिन्धुली तर्फ नै फर्किन सहज बनाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक काफ्लेले बताए ।
सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री,सुनकोसी गाउँपालिका १ नेपाल थोक,आँपघारी,भ्याकुरे खोला,बर्खे खोला र घ्याम्पे खोला लगायतका दर्जनौं स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षति पु्¥याएको छ।नेपाल थोकसम्म राजमार्ग सुचारु गर्ने अवस्था आएपनि अन्य स्थानमा सडक डाइभर्सन गर्न अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ । त्यसका लागि पनि सिन्धुलीका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायसँग समन्वय गरिरहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक काफ्लेले बताए ।
नेपाल थोक र मंगलटारको बीचमा फसेका यात्रुहरूलाई भने हेलिकोप्टर मार्फत् उद्दार गर्ने तयारी भएको छ।सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू समेत बीच सडकै फसेका छन्।ति एम्बुलेन्सका दुईजना बिरामीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
अन्य यात्रुहरु समेत खान र बस्नको समस्यामा परेका छन्।सडकमा अलपत्र परेका यात्रुहरूलाई नेपाली सेना र सुनकोसी गाउँपालिकाले खाद्यान्न र पानीलगायतका राहत सामाग्री वितरण गर्दै आएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल)ले जानकारी दिईन्।उनका अनुसार नेपाल थोकदेखि धुलीखेलसम्म तत्काल राजमार्ग सुचारु गर्न कठिन भएपछि हेलिकोप्टरबाट उद्धार गर्न गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय भईरहेकोे छ ।अविरल वर्षाका कारण दशेभरका ६३ स्थानका सडकहरुमा अवरोध पुगेको छ ।