Close This

अघोषित लोडसेडिङको मारमा नगरबासी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-३ गते   २९० पटक हेरिएको

विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको कार्यालयः फोटो सहकर्मी रितिक अधिकारी

विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको अघोषित लोडसेडिङ कारण उपभोक्ताहरु मारमा परेका छन । लालबन्दी नगरपालिका सहित आसपासका अन्य स्थानिय निकायमा अघोषित लोडसेडिङका कारण औद्योगिक र गार्हस्थ दुवै तर्फका ग्राहकहरु स्मस्यामा परेका हुन । 
पछिल्लो समयमा गर्मी ह्वात्तै बढेको र अघोषित विधुत कटौती हुँदा नगरबासी समस्यामा परेका छन । बिहान बेलुका खाना बनाउने र खाने समयमा तथा रातको समयमा विधुत कटौती हुँदा समस्या हुने गरेको स्थानिय ग्राहकहरुले गुनासो गरेका छन । सामान्य पानी पर्दा,सामान्य हावाहुरी चल्दा समेत विभिन्न बाहनामा दिनभर तथा रातभर विधुत कटौती हुने गरेका कारण स्थानिय उपभोक्ताहरु मारमा परेका हुन ।
नेपालको मात्र नभई भारतको समेत विद्युत आयात गरेको भन्ने सुनेको तर सन्तुष्ट हुनेगरी बक्ती बाल्नै नपाएको ग्राहकहरुको गुनासो छ । उद्योगहरुमा कामदार तथा ग्राहकहरु सामान उत्पादन तथा विक्रि वितरण र खरिदका लागि बसेका हुन्छन लाईन जान्छ,नेजेरेटर चलाउनु पर्दा लागत धेरै लाग्ने जिल्लाका उद्योगी व्यावसयीहरुको गुनासो छ ।
नगरमा देखिएको विद्युत समस्या समाधान गर्ने आफुहरुले पटक पटक मौखिक जानकारी गराएको भएपनि वेवास्था गरिएको जनप्रतिनिधिहरुले बताएका छन । विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधिर कुमार रायलाई आफुहरुले पटक पटक समस्या समाधान गर्न मौखिक आग्रह गरेको जनप्रतिनिधिहरुको भनाई छ । सरकारले देशलाई नै लोड सेडिङ मुक्त गरेको भएपनि जिल्लामा पटक पटक विद्युत कटौती भई रहेको छ ।
चैत्रदेखि भदौ सम्म हावाहुरी तथा असिना पानीको सिजन भएको कारण रुखका हाँगाहरु भाँचीएर विद्युतका पोल तथा तारहरुमा पर्ने गरेका कारण समस्या भएको वितरण केन्द्र प्रमुख रायले बताउनु भयो । चन्द्रनिगाहापुरबाट आउने ३३ केभी प्रसारण लाईन क्षेत्र जंगल क्षेत्र भएका कारण पनि थप समस्या परेको उहाँको भनाई छ ।
उहाँका अनुसार जिल्लामा विद्युत भार भन्दा करिब एक चौथाई ग्राहक बढी रहेका कारण  पनि समस्या आएको हो । यसरी पटक पटक विद्युत कटौती हुँदा जिल्लामा विशेष गरि सञ्चार गृहहरु,पे्रस हाउसहरु,क्रसर उद्योगहरु तथा विभिन्न उद्योगहरु प्रत्यक्ष मारमा परेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech