युवा संघ नेपाल लालबन्दीद्वारा शनिवार र सार्वजनिक विदाकाे दिन सञ्चालित सरकारी सवारीसाधन नियन्त्रणमा

गणेश खड्का    प्रकाशित: २०८०-५-२४ गते   ४८७ पटक हेरिएको

नेकपा(एमाले) निकट युवा संघ नेपाल सर्लाहीले  लालन्दी बजार क्षेत्रमा  शनिवार चलाइएको सरकारी नम्वर प्लेटका सवारीसाधनहरु नियन्त्रणमा लिएको छ ।
 युवा संघ नेपालले शनिवार सञ्चालित सरकार सवारीसाधनहरु  नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाईएकाे युवा संघ नेपाल लालबन्दीका जय गाेलेले जानकारी दिए ।
उनका अनुसार सरकारी सवारीसाधनहरुलाई कार्यालय प्रयाेजना विपरीत शनिवार र सार्वजनिक विदाकाे दिन सञ्चालन गरिनु गैर कानुनी रहेकाले 
नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाईएकाे हाे।
युवा संघ नेपालले अहिले देशैभर  शनिवार र सार्वजनिक विदाकाे  व्यक्तिगत प्रयोगजनका लागि चलाइने सरकारी सवारीसाधनहरु नियन्त्रणमा लिने अभियान नै चलाइरहेको युवा संघ सर्लाहीका अध्यक्ष विशाल साह शंकर ले बताए ।
सर्लाहीमा शनिवार तथा अन्य सार्वजनिक  बिदाको दिन सरकारी सवारीसाधनहरु कर्मचारी तथा जनप्रतिनिधिहरुले  आफ्नो व्यक्तिगत काममा प्रयोग
गरिरहेको गुनासो व्यापक रुपमा आउने थालेपछि युवा संघ नेपालले अभियान नै बनाएर नियन्त्रणमा लिने र ट्राफिक प्रहरीलाई बुझाउने काम सुरु गरेको हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech