हरिपुरमा कोरोना सम्बन्धि चेतनामूलक माईकिङ,इश्वरपुरलाई स्वास्थ्य सामाग्री प्राप्त

3.8k Shares

सर्लाहीको हरिपुर नगरपालिकामा कोरोना भाईरस सम्बन्धि जनचेतना मूलक सन्देश प्रवाह गरिएको छ । ग्रामिण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती परियोजना अन्तर्गत हरिपुर नगरपालिकामा जनचेतना मूलक सन्देश प्रवाह गरिएको हो । 
कोरोना भाईरसको संक्रमण र संक्रमितको मृत्युदर न्यूनिकरणका लागि कोरोना विरुद्ध सामुदायिक अभियान अन्तर्गत ‘आफू बचौँ र अरुलाई पनि बचाऔं’ लगायत सचेतनामूलक नारा सहित कोरोना भाईरसबाट बच्ने उपाय र समुदायलाई सुरक्षित राख्ने उपायको बारेमा तयार पारिएको स्वास्थ्य सन्देश माईकिङ गर्दै सन्देश प्रवाह गरिएको ग्रामिण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।


 हरिपुर नगरपालिकाभर माईकिङको माध्यमबाट सन्देश प्रवाह गरिएको ग्रामिण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनु भयो । 
यता,ईश्वरपुर नगरपालिकालाई पिपिई १३० थान, ५ सय मिलिलिटरको सेनिटाईजर ३० बोतल, ४ सय पिस ग्लोव्स, एक थान इन्फ्रारेड थर्मामिटर गरी रु ४ लाख ३९ हजार ९ सय ६६ बराबरको स्वास्थ्य सामग्रीे समेत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । 

सम्बन्धित समाचार