बागमती युवा क्लबका कप्तान सुमन माल्टा प्रस्थान

एसपि गौरव    प्रकाशित: २०८०-५-११ गते   ३३१ पटक हेरिएको

सर्लाहीको बागमती स्थित रहेकाे बागमती युवा क्लवका कप्तान सुमन चाम्लिङ राई माल्टा प्रस्थान गरेका छन् ।
मोफसलमा रहेर फरक पहिचान बनाउन सफल बागमती युवा क्लब सर्लाहीका कप्तान सुमन  सुनिश्चित भविष्यका लागि भन्दै युराेपियन राष्ट्र माल्टा प्रस्थान गरेका बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयाेजक सागर मैनालीले जानकारी दिए ।


उनका अनुसार   विदेश प्रस्थान गर्न लागेका कप्तान सुमनलाई बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले विदाई गरेका छन् ।
सुमनलाई  क्लबले मासिक रु ३० हजार पारिश्रमिक दिँद आएकाे बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।
खेलकुदकाे विकासले पहिचान बनाउनु साथै विकृति विसंगतिमा लाग्न नदिने भएकोले पनि खेलकुदलाई प्राथमिकतामा राखेकाे बागमती नगरपालिकाले बागमती युवा क्लबलाई पुर्ण संरक्षण दिँदै  मोफसलमा रहेकाे क्लब भए पनि राष्ट्रियस्तरमा  आफ्नो छाप छोड्न सफल भएको छ । मोफसलमा हुने विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाएर उपाधि पनि जितेको क्लबले आफ्ना खेलाडीहरुलाई राम्रो सेवा सुविधा पनि दिंदै आएको क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
उनका अनुसार त्यति मात्र नभएर क्लबले वार्षिक रुपमा मोफसल कै प्रतिष्ठित मध्ये एक मधेश प्रदेशकाे सान राजर्षि जनक कप फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech