पार्टीका सह महामन्त्री यादवमाथी खुकुरी प्रहार भएपछि नेपाल तरुण दल सर्लाहीको विरोध प्रदर्शन,

गणेश खड्का    प्रकाशित: २०८०-५-२१ गते   ५९५ पटक हेरिएको

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल सर्लाहीले नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरिएको घटना प्रति आपती जनाउँदै जिल्ला सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।
कांग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री यादव माथि खुकुरी प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडाभन्दा कडा कानुनी कार्बाहीको माग राख्दै नेपाल तरुण दल सर्लाहीले प्रदर्शन गरेको नेपाल तरुण दल सर्लाहीका सभापति सुर्यनारायण रायले जानकारी दिए ।प्रर्दशनमा पूर्व मन्त्री तथा सत्ता पक्षकै महत्वपुर्र्ण नेताको सुरक्षा दिन नसक्ने वर्तमान सरकारका गृहमन्त्रीको राजीनामा समेत माग गरिएको नेपाल तरुण दल सर्लाहीका सभापति रायले बताए ।
पूर्व मन्त्री जस्तो गरिमा बोकेका र सक्ता मै रहेका नेताको समेत सुरक्षा हुन्न भने आम नागरिकले कसरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्ने प्रदर्शनमा सहभागी भएका नेपाल तरूण दलका केन्द्रीय सदस्य लोकहरि पौडेलले बताए ।
नेपाल तरुण दल केन्द्रिय सदस्य बिभुसिंह थापा,नेपाल विद्यार्थी संघ सर्लाहीका सभापति धिरज दाहा, नेपाल विद्यार्थी संघ सर्लाही काठमाडौं सम्पर्क समितिका सभापति लवहरि ढुंगेल, नेपाल विद्यार्थी संघ सर्लाहीका जिल्ला उपा सभापति प्रवेश न्यौपाने लगायत नेपाल तरूण दल र नेपाल विद्यार्थी संघ सर्लाहीका नेता कार्यकर्ताको प्रदर्शन कार्यक्रममा सहभागिता रहेको थियोे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech