लालबन्दी ४ का चौधरी लालबन्दी ७ मा मृत फेला

336 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित तरकारी बजार नजिकै एक पुरुषको शव फेला परेको छ ।लालबन्दी नगरपालिका ७ स्थित तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा लालबन्दी नगरपालिका ४ करैयाका अन्दाजी वर्ष ५५ का धयनवा चौधरी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दए ।
उनका अनुसार चौधरीको शव देखि स्थानीयले प्रहरीलाई जानकारी गराएका र घटनास्थलमा प्रहरी पुगी आवश्यक प्रक्रिया पुरा गरेर प्रहरीले शव उठाएको हो।चौधरीका परिवारका अनुसार चौधरी अत्याधिक माद्यक पदार्थ सेवन गरी हिड्ने गरेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार