Close This

नेविसंघ सर्लाहीको सभापतिमा धिरज,नेता निधिले भेटे नेता कार्यकर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१४ गते   २७३४ पटक हेरिएको

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) सर्लाहीको सभापतिमा धिरज दाहा यादव नियुक्त भएका छन् । नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले धिरजलाई नेविसंघ सर्लाहीको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघ सर्लाहीको सभापति पद रिक्त रहेकाले ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी दाहाललाई सभापतिको जिम्मेवारी दिएको नेपाली कांग्रेस सर्लाहीको पत्रमा उल्लेख गरिएको छ । क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को चुनाव हुने चर्चाका बीच नेविसंघको केन्द्रीय समितिले सर्लाहीमा सभापति तोकेको हो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले सर्लाहीका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसंग   भेट गरेका छन् । लालबन्दी आएका पूर्व उपप्रधान तथा गृहमन्त्री निधीले नेपाली कांग्रेस लालबन्दीका अगुवा नेता कार्यकर्तासँग भेट गरेका हुन । उनले वर्तमान राजनीतिक अवस्था,कांग्रेसले चालिरहेको कदमलगायत विषयमा छलफल छलफल गरेका नेपाली कांग्रेस लालबन्दीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech