Close This

सर्लाहीमा तीन मन्त्रीलाई कालोझण्डा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२८ गते   १३३० पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य डाचाराज वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकाक्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठह¥याउन नसक्ने बताउनु भएको छ । मंगलबार सर्लाहीको लाललाबन्दी नरगपालिका २ नवलपुरमा  उप प्रधानमन्त्री इश्वर पोख्रेल,शहरी विकास मन्त्री प्रभु साह र कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई कालो झण्डा देखाए पछिको कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्री सदस्य तथा सर्लाही  जिल्ला इन्चार्ज वाग्लेले यस्तो बताउनु भएको हो ।  ]


मन्त्री पोख्रेल,सह र श्रेष्ठ पार्टीको अर्काे खेमाले सर्लाही सदरमुकाम मलंगवमा आयोजना गरेको सभालाई सम्बोधन गर्न जाने क्रममा लालबन्दी २ नवलपुरमा नेकपा प्रचण्ड–माधव समुहले कालो झण्डा देखाएको थियो । असंवैधानीक कदम मुर्दावाद,तानासाही केपी ओली मुर्दावाद,प्रतिगमन मुर्दावाद र विगठित प्रतिनिधि सभा पुन स्थापना गर लगायतका नारा लाउदै मन्त्रीहरुलाई कालो झण्डा देखाइएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले बताउनु भयो । केन्द्रीय सदस्य वाग्लेको नेतृत्वमा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त,सचिव बुढाथोकी, अनेरास्ववियू सर्लाहीका संयोजक,विवेक मैनाली,अनेरास्ववियूका केन्द्रीय सदस्य आरती लामा,विशराज धमाला लगायतले कोण सभा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।  सम्बोधनको क्रममा अनेरास्ववियूकी केन्द्रीय सदस्य लामाले जसरी राजालाई राजदरवारबाट तानेर सडकमा ल्याइयो त्यसैगरी प्रतिगमनकारी केपी ओलीलाई पनि सिंहदरवारबाट घिसारेर सडकमा चेतावनी दिनु भयो । 


त्यसैगरी ‘न्यायपालिकाले ओलीको कदमलाई बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्ने र यो कदम सच्याउनुको विकल्पै नरहेको साथै संविधानले केपी ओलीलाई व्यत्तिगत निर्णय गर्ने अधिकार नदिएको नेकपा सर्लाहीका सचिव बुढढाथोकीले बताउनु भयो । उहाँले ओलीको अलोकतान्त्रिक र निरंकुश कदम सडकबाटै सच्याउन बाध्य पारिने बताउनु भएको छ । ज्ञानेन्द्र शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै उहाँले ओलीको निरंकुशता धेरै दिन नटिक्ने दाबी गर्नु भयो । 
‘देशव्यापी पञ्च ¥यालीमा जाँदा ज्ञानेन्द्रलाई लाखौंले ढोगेका थिए। उनले टेकेको माटो टिपेर मानिसहरूले घर लैजान्थे। ज्ञानेन्द्र ‘बुझेँ–बुझेँ’ भन्दै हिँड्थे। त्यस्ता ज्ञानेन्द्रसमेत जनताका अगाडि टिकेनन्,’ उहाँले बताउनु भयो ।, ‘अहिले ओलीले ज्ञानेन्द्रको जस्तै पञ्च ¥याली गरेका छन्। जनता धेरै सचेत भइसकेका छन्। ओलीलाई पनि जनताले एक दिन ज्ञानेन्द्रलाई जसरी गलहत्याउँछन्।’ कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका जिल्ला संयोजक मैनालीले बताउनु भयो । 


ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट आएका मानिसहरू पनि ओलीको मन्त्री खान दौडिएको नेकपा सर्लाहीका अध्यक्ष पन्तले बताउनु भयो ।  उहाँले ‘आयु सिद्धिएको कामचलाउ प्रधानमन्त्रीको पनि कामचलाउ मन्त्री खान केही साथीहरू दौडादौड गरेको देखियो। यो कस्तो स्वाभिमान ? कस्तो विचार ? कस्तो संस्कृति ?,’ बताउनु भयो ।, ‘यो दलाल तथा नोकरशाही प्रवृत्ति हो, बिचौलिया प्रवृत्ति हो। ओलीजी र उहाँको गुटले जे आउँछ खान्छ, जे पाउँछ खान्छ। जायज–नाजायज सही–गलत केही मतलब गर्दैन।’ अध्यक्ष पन्तले बताउनु भयो । कालो झण्डा देखाउने कार्यक्रममा करिब ३ सय नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको अनेरास्ववियूका केन्द्रीय सदस्य शिवराज धमालाले जानकारी दिनु भयो । भने बाक्लो सुरक्षा घोरा भित्रै तीन मन्त्रीहरुलाई कालो झण्डा देखाइएको उहाँको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech