Close This

इश्वरपुरको विवादमा नगर प्रमुख देवकोटा सहित करिब २ सय जना सुरक्षाकर्मी घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१३ गते   १३७२ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा आज(बुधबार) साँझ सम्म निषेधाज्ञा जारी रहेको छ ।  गस्तीमा रहेको प्रहरीको भेनसंग मोटरसाईकल ठोकिएर भएको दुर्घटनाको विषयलाई लिएर उत्पन्न विवाद समाधान गर्न भन्दै मंगलबारदिउँसो ३ बजेबाट सोक्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार ईश्वरपुर नगरपालिकाका ४, ५, ६, ८ र ९ लाई घेराहाली निषेधाज्ञा जारी गरिएको छ  । 
आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय राम कुमार महतो घाइते भएका र उपचारको लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको थियो ।  त्यसपछि उत्पन्न विवादले उग्ररुप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै मंगलबार दिउँसो ३ बजेदेखि बुधबार(आज) साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए । त्यसलगत्तै उनलाई उपचारको जिल्ला अस्पताल मलंगवा लैजाँदै गर्दा बाटैमा ज्यान गएको थियो । सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृहमन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको थियो ।

आक्रोसित आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका छन् । भने करिब २ सय भन्दा बढी सुरक्षाकर्मीहरु घाईते भएका छन् । त्यसैगरी मंगलबार वाता चलि रहेकोसमयमा नगर प्रमुख मनोज कुमार देवकोटा माथी आक्रमण हुँदा नगर प्रमुख देवकोटा गंभिर घाईते हुनु भएको छ । निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदर्शनस्थालमा एसएसपीको कमाण्डामा करिब ४ सय जना सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।सो क्षेत्रमा आज पनि बिहानैदेखि ठुलो संंख्यामा प्रहरी तैनाथ गरिएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech