Close This

सर्लाहीमा बढेको हुस्सु र शितलहरीका कारण जनजीवन प्रभावित, स्थानिय सरकार मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१८ गते   १३५३ पटक हेरिएको

सर्लाहीको जनजीवन कठ्यांग्रिदो चिसोका कारण अत्यन्त कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावासँगै शुरु भएको शीतलहरका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।
मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवारका साथै बालबालिका,बृद्धबृद्धाहरु ,सुत्केरीहरु र शारीरिक अवस्था कमजोर  बढी प्रभावित भएका छन्।् । शरीर ढाक्ने न्यानो कपडा र रातिका लागि ताता ओढ्ने(ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङ्ग्रिएरै बस्न बाध्य भएका हुन् ।
यसैगरि पशु चौपाया पनि चिसोले नराम्ररी प्रभावित भएका छन्।् ।बिहान पानी परेझैं शीत (तुषारो) झर्न थालेको छ । न्यानो कपडा नभएको र आगो ताप्न काठ दाउरासमेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य भएका छन्।् ।
चिसोले घरपालुवा पशुपक्षी, बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरु बढी प्रभावित भएका छन्।् । कठ्याङग्रिदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवारलाई धेरै असर गरेको छ।
चिसो छल्न झुप्रा बस्तीका प्रत्येक जसो घर र चोक चौतारामा स्थानीय आगो बालेर ताप्न थालेका भएपनि स्थानिय सरकारले दाउराको व्यावस्था गरेकोछैन । बाक्लो हुस्सु लागेका कारण पूर्व पश्चिम लोकमार्गमा दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीको भनाई छ ।
हुस्सु र शीतलहरले तोरी, लहरी, चना, मुसुरो, गोलभेंडा, आलुलगायत बालीमा रोग र कीराको प्रकोप देखिने भन्दै किसानहरु चिन्तित बनेका छन् । भने हुस्सु र शीतलहरीबाट बालबालिका,बृद्धबृद्धाहरु ,सुत्केरीहरु र शारीरिक अवस्था कमजोर भएका मानिसहरुलाई विशेष ख्याल राख्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech