Close This

उवासंघको भवन निर्माणका लागि ३७ लाख ७० हजार रकम सहयोग 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१३ गते   ८२७ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा निर्माणाधिन उद्योग बाणिज्य संघको भवन निर्माणका लागि स्थानिय सरकारबाट सहयोग प्राप्त भएको छ । २०७६ साल फागुनबाट निर्माण सुरु भएको  उद्योग बाणिज्य संघ लालबन्दीको भवन निर्मााणका लागि प्रदेश सभा सदस्य बेची लुंगेली,लालबन्दी नगरपालिका र नगरका १२ वटा वडाबाट गरि ३७ लाख ७० हजार रकम सहयोग प्राप्त भएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिनु भयो ।
 चालु आर्थिक वर्ष २०७७/०७८ को स्थानिय सरकारलाई आएको रकमबाट नगरपालिकाले ५ लाख, वडा नम्बर ६ बाट ३ लाख, वडा नम्बर ७ बाट २ लाख,२,३,८,९,११,१२,१३,१६ र १७ बाट १/१ लाख र बडा नम्बर १४ बाट ७० हजार गरी १९ लाख ७० हजार रकम प्राप्त भएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा लालन्दी नगरपालिकाबाट ५ लाख र वडा नम्बर ७ बाट ३ लाख साथै प्रदेश सभा सदस्य बेची लुंगेलीबाट रु १० लाख गरी कुल १८ लाख नगद सहयोग प्राप्त भएको अध्यक्ष जोशीले जानकारी दिनु भयो । 
जनप्रतिनिधिहरु,स्थानिय सरकार र स्थानिय व्यापारी व्यावसायीहरु र उद्योगीहरुबाट प्राप्त सहयोगले भवन निर्माण गर्ने लक्ष्य अनुरुप काम सुरु भएको उद्योग बाणिज्य संघ लालबन्दीको भवन निर्माणले तिब्रता पाएको हो । उद्योग बाणिज्य संघ लालबन्दीको भवन निर्माण कार्यमा सहयोग गर्ने जनप्रतिनिधिहरु,स्थानिय सरकार,स्थानिय जनप्रतिनिधिहरु र सहयोगी व्यापारी,व्यावसायी तथा उद्योगीहरु प्रति धन्यवाद दिदै निर्धारित समयमै उद्योग बाणिज्य संघको भवन निर्माण कार्र्य सफल हुनेमा आफु आशाबादी रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले बताउनु भयो । 
भवन निर्माण कार्यमा स्थानिय व्यापारी व्यावसायी तथा उद्योगीहरुले आफ्नो गक्ष र स्वईच्छा अनुसार अनुसार निर्माण सामाग्रीको सहयोग गरेको उद्योग बाणिज्य संघ लालबन्दीका उपा अध्यक्ष सुर्य बहादुर श्रेष्ठले बताउनु भयो । आफ्नै जमिनमा निर्माण सुरु भएको भवनको यो समाचार तयार पर्दा सम्म पहिलो तलाको छत ढलानको काम सम्पन्न भएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ । 
लक डाउनको समयमा पनि भवन निर्माणको कामले निरन्तरता पाएको भन्दै निर्माण उपभोक्ता समिति प्रति उद्योग बाणिज्य संघ लालबन्दीले धन्यावाद समेत व्याक्त गरेको छ । भने भवन निर्माण कार्यमा निरन्तर सहयोगको अपेक्षा गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले बताउनु भयो । साथै  प्रतिनिधि सभा सदस्य प्रमोद साहले भवन निर्माणका  लागि २० लाख र प्रदेश सभा सदस्य सन्चमाया मोक्तानले पनि राम्रो रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको उद्योग बाणिज्य संघ लालबन्दीका महा सचिव दिपेन्द्र कुमार बलम्पाकीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech