सिन्धुलीको गोलन्जोर गाउँपालिकाका उपाअध्यक्षले स्थानीयबासी तथा स्थानीय नेताहरुलाई सामाजिक सञ्जाल मार्फत गालिगलौज गर्नुको साथै धम्की लगाएका छन् । गोलन्जोर गाउँपालिकाका उपा अध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले आफ्नो सामाजिक सञ्जालबाट गोलन्जोर गाउँपालिका ५ का स्थानीय हरिशरण बस्नेत र नेपाली कांग्रेस गोलन्जोरका सभापति मोतिराज सापकोटालाई गलिगलौज गर्नुको साथै धम्की लगाएका सामाजिक सञ्जालहरुमा प्रष्ट देखिएको छ ।

नेपाली कांग्रेसका वडा सभापति समेत रहेका बस्नेतले र गाउँ समितिका सभापति समेत रहेका स्थानीय सापकोटालाई ‘फरक दलमा आबद्ध भएकै कारण उपाध्यक्ष न्यौपानेले कांग्रेसको वडाको सभापती तथा निर्वाचित वडाध्यक्षलाई फरक दलमा आबद्ध भएका कारण ज्यान मार्ने धम्की दिएका हुन । गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले साउन २२ गते राती गोलन्जोर गाउँपालिका नेपाली कांग्रेस सभापती सापकोटा र पछि आफुलाई पनि धम्की दिएका बस्नेतले बताए । बस्नेतका अनुसार गाउपालिका उपाअध्यक्ष न्यौपानेले सभापति सापकोटालाई भोली लडाइ लड्ने गरि आउनु कांग्रेसजनलाई यो निम्तो भयो भनेर खुलम खुल्ला धम्की दिएका थिए ।
गाउँपालिका उपाअध्यक्ष न्यौपानेले धम्की दिएपछि कांग्रेस गोलन्जोर सभापती सापकोटाको नेतृत्वमा साउन २३ गते नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु गोलन्जोर गाउँपालिकाको कार्यालय पुगेका थिए । छलफलको माध्यमबाट अब यस्ता गतिबिधी नदोहो¥याउने शर्तमा उपाध्यक्ष न्यौपानेले सार्बजनिक माफी मागे पश्चात् बिबाद सामान्य बनेको कांग्रेस गोलन्जोर सभापति सापकोटाले बताए ।
सार्बजनिक रुपमा विभिन्न सामाजिक संजाल मार्फत गालिगलौज,धम्की,चुनौती तथा बिबादास्पद अभिव्यक्ति दिने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेको दैनिकी नै भएको नेपाली कांग्रेस गोलन्जोरले जनाएको छ । समाजमा सार्वजनिक रुपमा बोल्नै नसकिने खालका शब्दहरुको प्रयोग गरेर उपा अपाध्यक्ष न्यौपानेले आफुहरुलाई गालिगलौज गर्नु,धम्की लाउनु तथा चुनौती दिनुले उनको व्यक्तीगत र संस्थागत अस्तित्व स्वीकार्न नसकिने कांग्रेस गोलन्जोरको भनाई छ ।

उपा अध्यक्ष न्यौपानेले फेसबुक मेसेन्जरमार्फत आफुलाइ मात्रै नभएर आफ्नी जन्म दिने आमालाई समेत आत्मा सम्मानमा ठेस पुग्ने गरि जथाभाबी अपशब्द लेखेर आफुलाई धम्की दिएका वडा सभापती बस्नेतले बताए ।उपा अध्यक्ष न्यौपानेले सामाजिक सञ्जाल मार्फत अपशब्दहरु,गालिगलौज तथा धम्की मात्र नलगाई आफू जनयुद्धको योद्धा रहेकाले पुकारलाई त्यसरी पनि बुझ्न चुनौती दिएका छन् । वडा सभापती बस्नेतले भने यस्ता धम्की र चुनौतीलाई कानुनी उपचारबाट सल्ट्याउने उपाअध्यक्ष न्यौपानेलाई प्रतिक्रिया दिएका छन ।
“यसरी स्थानिय सरकारको नेतृत्वबाटै फरक दलमा आबद्ध भएकै कारण हरेक साझ अपशब्द सुन्नुपर्ने, धम्की चुनौती सहनु पर्ने त्यो कसैलाई स्विकार्य छैन,यसलाई कानुन सम्बत ढंगबाट हामी अघि बढ्छौ र दोषीलाई कारबाही हुनुपर्छ ”वडा सभापति बस्नेतले भने ।‘कुनै शब्द तथा बोली यस्ता छन् कि जुन पढ्न र सुन्न पनि नसक्ने छन् । यो किसिमका धम्की हामीले कति दिन सम्म झेल्नु पर्ने हो ?यो किसिमको प्रवृत्तिलाई सधैँको लागी अन्त्य गर्न हामीले कानुनी उपचार खोजिरहेका छौ ।’ बस्नेतले भने ।
यता,सामाजिक सञ्जालहरुमा तपाई र स्थानीय वीचका विवादास्पद कुराहरु आईरहेका छन् ? ती विषयहरुको वास्तविक के हो ?भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा गाउँपालिकाका उपा अध्यक्ष न्यौपानेले ती सबै कुराहरु गलत हुन । तपाईले सोधेको सबै कुरा गलत हुन र त्यो जुन फेशबुकबाट नेपाली कांग्रेस गोलन्जोर सभापति सापकोटा र गोलन्जोर ५ का वडा सभापति बस्नेतलाई गालीगलौज गरिएका,धम्की लगाईएका तथा अपशब्दहरु लेखिएका प्रति आफ्नो पनि गंभिरध्यानाकर्षण भएको छ । मेरो नाम र फोटो राखेर फेक आईडी बनाएर जुन गतिविधि गरिएको छ त्यसमा मेरो कुनै संग्लग्नता छैन् । यस प्रकारका गतिविधिहरु गर्ने मानिसको पहिचान गरि कानुनी उपचारमा जाने गाउँपालिका उपा अध्यक्ष न्यौपानेले बताए ।उपा अध्यक्ष न्यौपाने नेकपा(माओवादी केन्द्र) सिन्धुलीका सचिव समेत हुन ।