देशैभरीको प्रहरी मध्ये पहिलो प्रहरी हवल्दार राजेश इन्टेग्रिटी आइकन मार्फत बिहिवार सम्मानित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२४ गते   १८१ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह अकाउन्टविलिटी ल्याब नेपाल मार्फत सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेशलाई अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उदेश्यले  इन्टेग्रिटी आइकन मार्फत सम्मानीत भएका हुन ।
अकाउन्टविलिटी ल्याब नेपालकी प्रोजेक्ट असोसियट ओसिन महर्जनका अनुसार प्रहरी हवल्दार राजेश नेपाल भरीकै प्रहरी संगठन भित्रको पहिलो सम्मानित हुने कर्मचारीमा परेका हुन । उनलाई बिहिवार इन्टेग्रिटी आइकन २०२२ मार्फत सम्मानित गरिएको अकाउन्टविलिटी ल्याब नेपालकी प्रोजेक्ट असोसियट महर्जनले जानकारी दिईन् ।
यस वर्ष पनि इन्टेग्रिटी आइकन २०२२ मार्फत सार्वजनिक संयन्त्र भित्रका पाँच जना कर्मचारीहरु बिहिवार सम्मानित भएका महर्जनले बताइन । रौतहटको राजदेवी नगरपालिका  ७ मुडवलवा निवासी प्रहरी हवल्दार राजेश हाल जिल्ला प्रहरी कार्याय सर्लाहीमा कार्यरत रहेका छन् । उनि करिव ६ वर्ष देखि जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल सर्लाहीमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार  अकाउन्टविलिटी ल्याब नेपालले प्रहरीले गरेको राम्रो कामको मुल्यांकन गुर्न हाम्रो संगठनको लागि ठुलो उपलबधी भएको बताए । उनले आफुहरु निकै खुसी भएको प्रहरीको हौसला बढेको र प्रहरी हवल्दार राजेशले प्रहरी संगठनको गरिमा बढाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले बताए ।
प्रहरी हवल्दार राजेश वास्तमै सरल स्वाभाव भएका,कोभिडको समयमा देखाएको साहस, स्थानियहरुसँग गरेको राम्रो व्यवहारले नै गर्दा आज इन्टेग्रिटी आइकन मार्फत पुरस्कृत भएका छन् । प्रहरी उपरिक्षक पोखरेलले बताए । म प्रहरी संगठन तथा सर्लाही प्रहरीकोे तर्फबाट अकाउन्टविलिटी ल्याब नेपाललाई प्रहरी हबल्दार राजेशलाई सम्मान गर्न योग्य सम्झेकोमा हार्दिक अभार सहित धन्यवाद समेत दिन चाहन्छु, प्रहरी उपरिक्षक पोखरेलले भने ।
इन्टेग्रिटी आइकन नेपालमा छनोट भएकालाई ल्याबले मंसिर २४ गते काठमाडौंमा सम्मान गरेको हो । ल्याबले छनोट भएका प्रहरी हबल्दार राजेश सहित सडक विभाग, काठमाण्डौकी इन्जिनियर कल्पना अधिकारी,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जन,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौँका उप सचिव रोशनी देवी कार्की र सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुकी शाखा अधिकृत सुजन कुमारी बर्देवा गरि पाँच जनालाई सम्मान पत्र र ट्रफी सहित सम्मान गरिएको अकाउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले बताए ।‘राम्रो काम गर्ने सार्वजनिक संयन्त्रका कर्मचारीलाई बाहिर ल्याई उनीहरुलाई उत्प्रेरणा–हौसला दिई नराम्रो काम गर्नेलाई पनि पाठ सिकाई जिम्मेवार र उत्तरदायी बनाउन आइकनको काम हो,’कार्यकारी निर्देशक चन्दले भने ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech