सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकियो

244 Shares

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।आयोगले सर्लाही जिल्ला अदालतका जिल्ला न्यायाधीश पुष्पराज थपलियालाई मुख्य निर्वाचन अधिकृत सहित क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तोक्दै चार क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगले सर्लाही क्षेत्र नं. १ का लागि सर्वाेच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ मा संस्कृति पर्यटन तथा  नागरिक उड्यान मन्त्रालयका उपसचिव नवराज आचार्य र सर्लाही क्षेत्र नम्बर ४ मा सर्वाेच्च अदालतका इजलास अधिकृत विनोद प्रसाद घिमिरेलाई  निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको आयोगका प्रवक्ता नारायाण प्रसाद भट्टराईले जानकारी दिए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्र्वाचनका लागि सर्लाहीमा तीन सय १२ मतदानस्थल र छ सय २८ ममतदान केन्द्र रहेका छन् । सर्लाहीका पाँच लाख ११ हजार  छ सय  छ जनाले आठ जना प्रतिनिधिध सभा सदस्यहरुका लागि  मतदान गर्ने छन् ।

सम्बन्धित समाचार