ईश्वरपुर १० खेैरामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता,२४ क्लवको सहभागीता

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-२९ गते   १०३ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका १० स्थित खैरामा जिल्ला स्तरीय  खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय सुर्यदिव युवा क्लवको आयोजनामा सुरु भएको जिल्ला स्तरीय  खुल्ला नकआउट फुटबल प्रतियोगिताको सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी उद्धघाटन गरेका हुन ।
प्रतियोगितामा सर्लाही सहित,रौतहट,बारा र महोतरीका गरी २४ वटा क्लबले  सहभागीता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजार,द्वितीय हुने टिमलाई नगद रु २० हजारका साथै,कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।नेपालीहरुको महान पर्व तिहार तथा छठ र अर्धबार्णी गंगा मेलाको उपलक्ष्यमा सुरु भएको प्रतियोगिता मंसिर १२ गते सम्म सञ्चालन हुने छ ।
प्रदेश सभा सदस्य उर्मिला देवी सिंह थरुनी,ईश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख मनोज देवकोटा,निवर्तमान उप प्रमुख एकावती देवी चौधरी,इश्वरपुर नगरपालिका १० का वडा अध्यक्ष रासनारायण चौधरी लगायतको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech