जनप्रतिनिधिहरुको आपसी विवादका कारण गाउँसभा हुन सकेन्

411 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरु बीचको विवाद झन उत्कर्षमा पुगेको छ ।गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाअध्यक्ष गीतादेवी महतो प्यानलको आपसी विवादका कारण चालु आर्थिक वर्षको गाउँ सभा समेत हुन सकेको छैन् भने गाउँपालिकाका शिक्षक एवम कर्माचारीहरु तलक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । राजनीतिक खिचातानी र जनप्रतिनिधिहरु बीचको आपसी विवादका गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि गर्न सकेको छैन् ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कुनै पनि स्थानीय निकायले चालु आर्थिक वर्षको असार महिनाभित्रमा कुनै पनि हालतमा आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याई सक्नु पर्ने भएपनि चन्द्रनगर गाउँपालिकाका जनप्रतिनिधिहरु विचको आपसि जुधाईका कारण चालु आर्थिक वर्ष सुरु भएको चार महिना विति सक्दापनि वार्षिक बजेट,नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका सम्पुर्ण कामहरु प्रभावित भएका छन् भने,गाउँपालिका भित्रका शिक्षक तथा कर्माचारीहरु तलब विहिन हुन पुगेका छन् साथै चालु आर्थिक वर्षको साउनदेखि सामाजिक सुरक्षा भत्ता समेत निकासा हुन सकेको छैन् । 
चार महिनादेखि तलब नपाएपछि गाउँपालिका भित्रका २२ वटा सामुदायिक विद्यालयहरु बन्द गरेर सबै शिक्षक तथा कर्माचारीहरु गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।आफुहरुले विकासको सपना देखेर निर्वाचित गराएका जनप्रतिनिधिहरु नै विवादमा सक्रिय भएपनि गाउँपालिकाको विकास निर्माणको काम नै बर्बाद भएको भन्दै आफुहरु चिन्तामा परेको चन्द्रनगर गाउँपालिका ७ का शिवकुमार कुमीले गुनासो गरे ।विकासले मुहार फेर्छ भनेर आफुहरुले मत दिएर जिताएको भएपनि विकास त के गाउँपालिका विवादमा फसेको उनको भनाई छ ।
विकास र सुविधाको आश गरेर जिताएका जनप्रतिनिधिहरुबाट उल्टै दुःख पाएको चन्द्नगर गाउँपालिका १ का रामजी महतोको गुनासो छ ।“विकास त परको कुरा,यिनिहरु झगडा गरेर हामीले पाउने वृद्ध भत्ता र शिक्षक,कर्मचारीहरुको तलब नै रोकिदिए,”महतोले सुनाए ।मधेशको सबैभन्दा ठूलो पर्व छठमा समेत सामाजिक सुरक्षा भत्ता नपाउँदा खल्लो लागेको चन्द्रनगर गाउँपालिका ७ का विराट माझीले बताए ।“जनप्रतिनिधिहरु विचको हानाथापले बजेट नल्याउँदा हामीले भत्ता नपाउँदा ऋण गरेर छठ मनाउनुपर्यो,”उनको गुनासो छ ।
यता,गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले गाउँपालिका अध्यक्ष राजकुमार महतोसँग गत आर्थिक वर्षको हरहिसाब माग गर्दा हिसाब नपाएपछि विवाद त्यहीबाट सुरु भएको बताए । उनले गाउँपालिका अध्यक्ष महतोको हिस्सामा रहेको रकम कहाँ कहाँ खर्च भयो भनी हर हिसाब माग्दा उनले नदिएपछि जब सम्म हरहिसाब आउँदैन् तब सम्म गाउँ सभा हुन नसक्ने बताए ।
“न हिसाब दिनुभएको छ,बरु उल्टै एकलौटी कार्यविधि ल्याएर मेरो र वडाध्यक्षहरुको अधिकार नै कटौति गरे,जब सम्म हाम्रो अधिकार कटौति गर्ने कार्यविधि खारेज हुँदैन,गत आर्थिक वर्षको हरहिसाब जनताको विचमा सार्वजनिक हुदैन् तबसम्म गाउँ सभा हुन दिँदैनौँ ।” गाउँपालिका उपा अध्यक्ष गीतादेवीले बताइन् ।
गएको आर्थिक वर्ष २०७९/०८० को हरहिसाब पारदर्शी हुनु पर्ने, गाउँपालिका अध्यक्ष महतोले एकलौटी ढंगले नियुक्त गरेका करारका कर्मचारी हटाउनुपर्ने,आफुहरुको अधिकारी फिर्ता हुनु पर्ने साथै गाउँपालिका भित्रका हरेक विकास निर्माणको अनुगमन गर्ने अधिकारी उपाअध्यक्षमाथी निहित हुने हुँदा त्यो समेत व्यावस्था नहुँदा सम्म गाउँ सभा सम्भव नहुने उपाध्यक्ष गीतादेवीले बताइन् ।तीन जना कार्यपालिका सदस्य र नौ जना गाउसभाका सदस्यहरुको साथमा रहेका भए पनि गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिएको गाउपालिका उपाध्यक्ष गीतादेवीले बताईन् ।
आफुहरुले रहरले नभई बाध्य भएर गाउपालिका अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको उनको भनाई छ ।चालु आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रमहरु असार १० गते नै गाउसभा गरेर ल्याउनुपर्नेमा अध्यक्ष महतोले गाउपालिकालाई कब्जा गरी आफ्नो स्वार्थ शिद्ध नहुंदा सम्म गाउसभा हुन नदिएको उपाध्यक्ष गीतादेवीको भनाई छ ।उनका अनुसार गाउपालिका अध्यक्ष महतोले आफुहरु बहुमतमा रहेको भए पनि कुनै सल्लाह नगरी आफुखुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको हो ।
गाउपालिकाको विकास निर्माणका कामहरु ठप्प भएको अवस्थामा आफुहरुले पटक–पटक गाउसभा गर्न आग्रह गरेको भएपनि अध्यक्ष महतोले अनाकानी गरि रहेका उपाध्यक्ष महतोले आरोप लगाइन् ।उनले गाउसभा गर्न बहुमत जनप्रतिनिधिहरुले चार पटक निवेदन दर्ता गराएको भएपनि अध्यक्ष महतोले आनाकानी गरी गाउपालिकालाई बन्धक बनाएका उनको भनाई छ ।
बहुमत गाउपालिका सदस्यहरुले आर्थिक वर्ष २०७९/०८० को हिसाब माग्दा असार २७ गते दिने बताएका अध्यक्ष महतोले हाल सम्म पनि हर हिसाब नदिएका,गाउपालिका भित्रका विकास निर्माणका कामको कार्यदेश गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृतले दिनु पर्ने प्रावधान भएपनि गाउपालिका अध्यक्ष महतोले आफुले दिनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पनि दवाव दिएका,आर्थिक वर्ष २०७९/०८० को गाउसभा गर्न सहजता प्रदान गरी दिंदा अध्यक्ष महतोले आफ्ना आसेपासे,नातागोता र घरपरिवारको विकासमा लागेका कारण हरहिसाब राम्रोसंग जनताको माझमा प्रस्तुत गर्न आग्रह गरेको उपाध्यक्ष गीतादेवीले बताइन् । उनले आफुहरुले मागेको हिसाब स्पष्ट रुपमा अध्यक्ष महतोले दिए अरु केही समस्या छैन् तर हिसाब पनि नदिने र उल्टै अनावश्यक आरोपहरु लगाउने छुट अध्यक्ष महतोलाई नरहेको बताइन् ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा कुन योजनाका लागि कति रकम छ ?भन्ने कुरा गाउपालिका उपाअध्यक्ष गीतादेवी सहित कुनैपनि वडा अध्यक्षहरुलाई जानकारी नै नगराई आफुखुसी गरेका,आर्थिक वर्ष २०७९/०८० को गाउपालिकाको वार्षिक बजेट,नीति तथा योजना समेटिएको पुस्तक हाल सम्म पनि प्रकाशन नगरिएको,गाउँपालिका उपा अध्यक्ष र वडा अध्यक्षहरुको अधिकार हनन् गर्न लागि परेका,संघिय कानुनसंग बाझिने गरी ऐन नियमावाली कार्यविधि तथा संघिय सरकारले विकास निर्माणको काम गर्दा गाउपालिका अध्यक्ष महतोसंग पुर्व स्विकृत लिनु पर्ने बाध्यकारी कानुन बनाएका,गाउपालिकामा स्थायी कर्माचारीहरु हुंदा हुंदै पनि आसेपासेलाई पाल्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएका,अध्यक्ष महतोले आफ्नो स्वमीत्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च भयो सोकोे हर हिसाब देखाउन नसकेका,आफुलाई अनावश्यक आरोपहरु लगाएका,अध्यक्ष महतोले आफ्नो स्वामीत्वमा राखेको करोडौ बजेटबाट शिक्षा,स्वास्थ्य,कृषि एवम नगरिकहरुका प्रत्यक्ष सरोकारका कामहरुमा खर्च नगरी विभिन्न किसमका तालिमकहरुको नाममा सकाएर भ्रष्टाचार गरेका कारण बाध्य भएर विरोध गरेको चन्द्रनगर गाउपालिका ४ का वडाअध्यक्ष राजिव सिंह दनुवारले बताए ।
गाउपालिकालाई गैर सरकारीकरण गर्न लागेका गाउपालिका अध्यक्ष महतोले रु आठ करोड भन्दा बढी बजेट कुनुकुन काममा खर्च गरे?जनतासंग कुरा नामक कार्यक्रममा रु सात लाख,धामी सम्मेलनमा रु १० लाख,सोहजन वितरणमा रु २२ लाख,पत्रपत्रिका खर्च रु ५७ लाख तथा रु एक वर्षमा चार सय ७२ वटा कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै रकम सकाउने र भ्रष्टाचार गर्ने काम गरेकाले सो रकमको हर हिसाब जनतालाई स्पष्ट रुपमा देखाउन आफुहरुले माग गर्दा अध्यक्ष महतो अतालिएको वडा अध्यक्ष दनुवारले बताए ।
गाउँपालिका अध्यक्ष महतो एकलौटी ढंगले चल्दा यि सबै समस्या सृजना भएको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए ।उनले गाउँपालिका अध्यक्ष महतोले स्थायी कर्माचारी हुँदा हुँदै करारका कर्माचारीलाई योजना शाखाको प्रमुख बनाउनु,आफ्नो स्वमित्वमा रहेको रकम कहाँ कहाँ कति कति खर्च भयो सोको सार्वजनिक नगरि गाउँ सभाको तयारी गरेका,व्यानरका कार्यक्रम,तालिम गोष्ठिको नाममा ठुलो रकम राखेर गाउँपालिकाको विकास बजेट सकाउने काम गरेका कारण सहमती हुन नसकेको बताए । 
राष्ट्रिय योजना आयोगबाट आएको रु एक करोड र गाउपालिकाको विकासको लागि आएको रकमबाट रु २२ लाख गरी अध्यक्ष महतोले “सोहजन आन्दोलन”को नाममा रु एक करोड २२ लाख अनियमितता गर्न खोजेका चन्द्रनगर गाउपालिका ३ का वडा अध्यक्ष महताले बताए । उनले आफुहरु चन्द्रनगर गाउपालिकाको विकास गर्न निर्वाचित भएको र सबैको ध्यान तेता तिर जानुको सट्टा अध्यक्ष महतोको ध्यान अनियमितता तिर गएका कारण आफुहरुले विरोध गर्नु परेको बताए ।
गत वर्ष विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट नाढीमन तालका लागि रु नौ करोड ४० लाख,गाउँपालिका भवनलाई रु पाँच करोड ४० लाख, औद्योगिक ग्रामका लागि रु तीन करोड,डीप चापाकलका लागि रु पाँच करोडलगायत थप रु ३० करोड बजेट आएको भएपनि गाउँपालिका अध्यक्ष महतोले कुनै पनि काम नगरि रकम सकाउने काम गरेका चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले बताए ।
असारमै आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम बनाएर गाउँ सभा गर्ने अथक प्रयास गरेपनि उपाध्यक्ष गीतादेवीसहित बहुमत सदस्य गाउँसभा बैठकमै नआएका गाउँपालिकाका अध्यक्ष महतोले आरोप लगाए ।उनले आफुसंग बहुमत नपुगेकाले गाउसभा गर्न नसकेको बताए ।गाउसभा गर्नका लागि आफूले प्रयास गरेको तर सानातिना कुरामा उपाअध्यक्ष गीतादेवी सहितका सदस्यहरु अल्झीएका कारण समस्या सृजना भएको अध्यक्ष महतोको भनाई छ ।
“पटक–पटक पत्र काटेर बैठक बोलाएको भएपनि उनीहरु नआएका र पछि आउछन् होला र कुरा मिल्ला भन्ने आशमा बसियो,”गाउँपालिका अध्यक्ष महतोले बताए ।“गाउँ सभा नरोकौँ भनेर निरन्तर कर्मचारी,प्रमुख प्रशासकीय अधिकृतसहित २० वटा भन्दा बढी टोलीमार्फत अनुरोध गर्दा उनीहरु मध्य मंसिर भइसक्दा पनि गाउँ सभा गर्न नमानेका”गाउँपालिका अध्यक्ष महतोले बताए ।“हामी आम जनतालाई त हिसाब दिन तयार छौँ,जनप्रतिनिधिहरुलाई नदिने कुरा हुँदैन्,” गाउँपालिका अध्यक्ष महतोले पञ्छीने कुरा राखे ।“पटक–पटक बैठकमै फाइल मगाएर उनीहरुले प्रत्येक फाइल पल्टाएर शिर्षक,उपशिर्षक अनुसारको सबै हरहिसाब हेरि सकेका”अध्यक्ष महतोले बताए ।
आफ्नो गाउँपालिकामा सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव र निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र महतोको इसारामा जनताको कामै गर्न नदिने वातावरण सिर्जना गरिएको र निर्वाचित जनप्रतिनिधि उनीहरुकै मतियार बनेको गाउँपालिका अध्यक्ष महतोले आरोप लगाए ।गाउँपालिकाको कार्यापालिकामा १५ जना मध्य उपाध्यक्ष गीतादेवी सहित १२ जना कार्यपालिका सदस्य एकातिर र गाउँपालिका अध्यक्ष महतो सहित तीन जना सदस्यहरु अर्काे तर्फ रहेका छन् भने ३९ जना गाउा सभा सदस्यहरुमा उपा अध्यक्ष गीतादेवी सहित ३० जना एकपक्षमा र गाउापालिका अध्यक्ष महतो सहित नौ जना अर्काे पक्षमा रहेका छन् ।
चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)जनता समाजवादी पार्टी(जसपा)सहित विभिन्न आठ दलले निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रको संयोजकत्वमा संयुक्त संघर्ष समिति बनाएर गाउँपालिका अध्यक्ष महतोको विरोध गर्दै आएका छन् ।गाउँपालिका अध्यक्ष महतो पनि निवर्तमान राज्य मन्त्री एवम नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठको निर्णय अनुसार चल्दा पनि गाउँ सभा हुन नसकेको स्थानीय जानकारहरुको भनाई छ ।

सम्बन्धित समाचार