बाल अिधकार दिवशको अवसरमा जानकी मन्दिर परिषदमा दिप प्रज्वलन

2.9k Shares

बाल अधिकार दिवशको अवसरमा जनकपुरको जानकी मन्दिर परिषदमा दिप प्रज्वलन गरिएको छ । “सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी“भन्ने नारा सहित ५७ औं  राष्ट्रिय बाल दिवस जानकी मन्दिर परिषदमा दिप प्रज्वलन गरी मनाइएको हो ।
प्रदेश न २ सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । उहाँका अनुसार मन्त्री सिंहले ५७ औँ बाल अधिकार  दिवस २०७८ को सबैलाई शुभकामना समेत दिनु भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले बालबालिकाको अधिकारको संरक्षक  हामी वयस्क व्यक्तिहरु  भएकोले आजको एक दिन मात्र नभएर हरेक दिन  हरेक पल बालबालिकाप्रति सम्वेदनशील बनौ,बालश्रमको विरोध गरौं ,बालबालिका मैत्री घर ,समाज ,समुदाय निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने  प्रतिबद्धता व्यक्त गर्नु आवजको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले बाल अधिकार दिवश वर्षमा एक दिन मात्र मनाएर नहुने बताउनुभएको स्वकीय सचिव त्रिपाठीले बताउनु भयो ।

सम्बन्धित समाचार