Close This

मुख्य बजारमा राखिनुपर्ने घुम्ती शौचालय नगरपालिकाको हातामा थन्कियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-७ गते   १०३० पटक हेरिएको

 सर्लाहीको पूर्व पश्चीम लोकर्मागसगै रहेको हरिवन नगरपालिकाले लाखौँ रकम खर्च गरेर करिब २ वर्ष अगाडि सञ्चालनमा ल्याएको घुम्ती शौचालय अहिले प्रयोग विहिन भएर थन्किएको छ । नगरकै बीच भागमा रहेको अतिव्यस्तर र मुख्य बजारमा राखिनु पर्ने घुम्ती शौचालय अहिले नगरपालिकाको कम्पाउण्डभित्र थन्कीएको छ । 
पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको अतिव्यस्त हरिवन बजारमा आउने हजारौँ मानिसहरु अहिले खुल्ला ठाउँमा शौच गर्नबाध्य भएका छन् ।  लामो तथा छोटो दुरीका  सवारी साधन र यात्रीहरुको ओहोर दोहोरका साथै हाट बजार गर्न आउने मानिसहरु पनि शौचालय नहुँदा समस्या परेका नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको वर्षाै भएको भएपनि नगरबासीले घुम्ती शौचालयको सुविधा पाउन सकेका छैनन् ।मुख्य चोक,हाटबजार तथा मानिसकोभिडभाड हुने स्थानमा राखिनु पर्ने घुम्ती शौचालय नगरपालिकाको कम्पाण्ड हाताभित्र राखिनु राम्रो नभएको उहाँको भनाई छ ।
पछिल्लो समयमा यहाँको जनघनत्व पनि बढ्दै गइरहेको छ । यहाँ आउने यात्री तथा हाट बजार गर्न आउनेहरु शौच गर्न होटल वा अन्य क्षेत्रमा जानुपर्ने वाध्यता अन्त्य गर्न भनेर ल्याइएको घुम्ती शौचालय प्रयोग विहीन भएर थन्किँदा सर्वसाधरण भने जनप्रतिनिधिहरुसँग रुष्ट बनेका नेपाली कांग्रेस हरिवन नगर समितिका उप सभापति डाकुर नाथ खतिवडाले बताउनु भयो । उहाँका  अनुसार पहिला एक पटक चोकमा राखिएको भएपनि शौचालय गुणस्तरहिन हुनु र व्यावस्थापन राम्रो नहुँदा नगरपालिका असफल भएका कारण फेरी नगरपालिकाको कम्पाण्ड हाता भित्र लगेर थन्क्याइएको छ । 
यता,घुम्ती शौचालय नगरपालिकामा नथन्की नगर भित्रका विभिन्न स्थानमा भएका कार्यक्रमहरु,चाडपर्व,सभा सम्मेलन तथा मेलाहरुमा पठाउने गरेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रोजाले बताउनु भयो । उहाँका अनुसार घुम्ती शौचालयका कारण स्थानियलाई सास्ती नभएको  बताउनु भयो । हाटबजार गर्न आउनेहरुका लागि सार्वजनिक शौचालय बनाइएको वडा अध्यक्ष रेजाले बताउनु भयो ।
हरिवन नगरपालिका ११ को मुख्य चोकमा राखिनु पर्ने घुम्ती शौचालय अहिले नगरपालिका कम्पाउड भित्र प्रयोग विहिन अवस्थामा थन्कीएको छ । छिमेकी जिल्ला सिन्धुलीका दुई स्थानिय निकाय सहितको हाट बजार केन्द्र रहेको हरिवनको मुख्य बजारमा राखिनुपर्ने शौचालय प्रयोग बिहीन अवस्थामा पुगेको हो । लाखौँ रकम खर्चेर शौचालय ल्याइएको भएपनि प्रयोग बिहीन हुँदा कागलाई बेल पाक्यो हर्षन विष्मात भने झैँ भएको छ ।  अहिले घुम्ती शौचालयको टायर समेत चल्न नसक्ने अवस्थामा बिग्रेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech